logo
  • शनिबार, असोज १० २०८३

गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पाण्डे नियुक्त


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, १८ फागुन । गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पत्रकार महासंघ, गुल्मीका पूर्व उपाध्यक्ष भरत पाण्डेय नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती नियमावली २०७७ अनुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरी स्वास्थ्य सेवा, अन्यसरकारी सेवा वा सामाजिक सेवाको क्षेत्रमा कम्तिमा १० वर्ष सेवा गरेका व्यक्तिहरु मध्येबाट प्रदेश सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ । नियमावली अनुसार अध्यक्षको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ निवासी पाण्डेय २०६० सालदेखि नै गाउँमा असल शासन क्लव स्थापना गरी सुशासन, समाज सुधारसँगै भ्रष्टाचार विरोधी अभियानमा लाग्नुभएको थियो । त्यसपछि पत्रकारितामा लाग्नुभएका पाण्डेय प्रेस सेन्टर नेपाल (तत्कालिन क्रान्तिकारी पत्रकार संघ) गुल्मीको संस्थापक, नेपाल पत्रकार महासंघ, गुल्मीको सह–सचिव, सचिव, उपाध्यक्ष हुँदै हाल प्रेस सेन्टरको केन्द्रीय सदस्य हुनुहुन्छ ।

२०७१ सालदेखि राजधानी काठमाडौंमा रहेर पत्रकारिता गर्नुभएका पाण्डेय त्यहाँ रहँदा विभिन्न संघ संस्थामा काम गर्नुका साथै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्यका साथै तत्कालिन आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रेस संयोजकका रुपमा पनि काम गरीसक्नुभएको छ । पछिल्लोपटक आजको अर्थ डट कमको सम्पादकको रुपमा रहेका पाण्डे हालैमात्र सामाजिक क्षेत्रमा संलग्न हुने उद्धेस्यले गुल्मी फर्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend