logo
  • शनिबार, असोज १० २०८३

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डिजिटल मृत्यु दाबी रकम भुक्तानी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सिर्जना आचार्य, कपिलवस्तु फागुन १६ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि जितपुर तौलिहवा र चन्द्रौटा शाखाको संयुक्त आयोजनामा सिटिजन लिडर्स सँग अन्तरक्रिया कार्यक्रम र मृत्युु दाबी भुक्तानी रकम १० लाख ५० हजार भुक्तानी गरेको छ । गजेहडामा रहेको हिमालय पिस रिसोर्टमा कार्यक्रम गरि सो कार्य गरेको हो।बाण गङा नगरपालिका ४ निवासी स्व. दिनेश मरासिनी (सापकोटा मिष्ठान्न भन्डार)को श्रीमती बिस्नु मरासिनीलाई सो रकम हस्तान्तरण गरेको हो ।
यो सिटिजन लाइफको डिजिटल दाबी भुक्तानी हो र सो कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेल, सिएमओ भुसन रिमाल, सिबिओ सुनिल पोख्रेल, तालिम प्रमुख कुबेर पाठक,बाणगङा नगर प्रमुख मंगल प्रसाद थारु, वडा न ४ का वडा अध्यक्ष गणेश क्षेत्री, एबिएम लक्षमण मरासिनि र नरेश सिग्देल, जितपुर शाखा प्रमुख सम्झना आचार्य, चन्द्रौटा शाखा प्रमुख सागर पान्डे तौलिहवा शाखा प्रमुख प्रकाश पौडेल, जितपुर शाखाका बिडिसि दीपक कुवर र सिनियर एजेन्सी म्यानेजर मधु गौतम र चन्दा पौडेल लगायत १०० जना सिटिजन लिडर्सको उपस्थितिमा सो कार्यक्रम भयो ।

जितपुर एरियाका एबिएम लक्षमण मरासिनीको संचालन र शाखा प्रमुख सम्झना आचार्यको स्वागतमा कार्यक्रम भयो।सो कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले सिटिजन लाइफले बिमा क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै अझ प्रभावकारी काम गरोस भनी शुभकामना दिए।

तेस्तै सिइओ पोसकराज पौडेलले नेपालकै पहिलो डिजिटल कम्पनी भएकोले र छोटो समयमा उल्लेखनीय काम गर्दै अहिले तेस्रो स्थानमा आउन सफल भएकोमा सम्पूर्ण सिटिजन लिडर्सलाई अझ प्रभावकारी काम गर्न र अप्ठ्यारोमा परेको बेला मलहम लगाउने कार्य पुन्यको काम भएको चर्चा गर्नु गरे। जानकारी बि.डि.सि.जितपुर शाखा दीपक कुवरले गराउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend