logo
  • शनिबार, असोज १० २०८३

महाशिवरात्रिको अवसरमा स्नेह मिलन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुनाराम घिमिरे, बुटवल फागुन १६।
व्रमकुमारी ईश्वरीय विश्व विद्यालय एवंम राजयोग प्रशिक्षन केन्द्र कालिनगर शाखाको आयोजनामा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।
शिवरात्रीको पावन अवसरमा भएको उक्त कार्यक्रमको प्रमुख व्रमकुमारी ईश्वरी विश्व विद्यालय नेपाल कि बरीष्ठ उपाध्यक्ष एवंम सह- निर्देशक राजयोगीनी व्रमकुमारी कमलाले कार्यक्रम लाई सम्बोधन गर्दै भन्नुभयो।

सर्बमान्य छ की परमात्मा एक हुनुहुन्छ, उहाँ निराकार हुनुहुन्छ, ज्योतिस्वरुप हुनुहुन्छ। सबै आत्महरूका परपपिता हुनुहुन्छ, त्यसैले पशुपतिनाथ, मुक्तिनाथ, अमरनाथ, सोमनाथ, विश्वनाथ, रामेश्वरम, महाकालेश्वर, आदि कर्तव्यवाचक नामबाट परमपिता शिव परमात्माको प्रतिक का रुपमा मन्दीरहरुमा शिवलिङ्गहरू स्थापीत छन । परमात्मा राजयोग विधि सिकाई पतित दुःखी मनुष्य आत्महरूलाई उद्धार गर्नुहुन्छ।

परमात्मा ले मानवलाई कामक्रोध लोभ मोह एवंम अनेक दुर्वशन, विकृतिहरूवाट मुक्त गराएर मानवलाई हरेक ५००० वर्ष पछि पुन मानव सत्ययुगी देशभक्ति बनाउन हुन्छ व्रमकुमारी दिपा ले बताउनु भयो ! साथै शिवरात्री अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू लगायत सम्पुर्ण धर्मावलम्बी हरूलाई शुभकामना दिनुभएको छ । साथै सबै धर्मको सार एउटै परमात्मा भएको हुँदा हामी सबैले सबै धर्मको उत्तीकै सम्मान गरौं र भोलिको शिवरात्रीलाई भव्य रूपमा मनाउनको लागि समेत आग्रह गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता। व्रमकुमारी ईश्वरीय विश्वविद्यालय कालिका नगर शाखाकी सन्चालीका व्रमकुमारी दिपाले गर्नुभएको थियो। राजयोगी व्रमकुमारी कमला ‌ हुनुहुन्थ्यो। उक्त कार्यक्रमको स्वागत मन्तव्य अर्जुनमान संजु लायन्स क्लब डिष्टि्क भाइस गभर्नर , बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष बिष्णु प्रसाद थापा, प्रदेश प्रमुखका प्रेश सल्लाहकार गुनाराम घिमिरे, गर्नुभएको छ।

कार्यक्रम मा‌ ENT विशेषज्ञ सर्जन डा. के . वी श्रेष्ठ, शिवटोल विकास समिति अध्यक्ष शालिकराम पौडेल, माडमाडी सेवा समाज बुटवल अध्यक्ष मनोज मित्तल, लगायत विशिष्ट व्यक्ति हरूको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन व्रमाकुमार भरतले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend