साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
बुद्धभुमी कपिलवस्तु सेवा समाज कतारको दोस्रो अधिवेशन मार्चमा हुने भएको छ ।
कपिलवस्तु वासिको चाहना सभ्य र समृद्ध समाजको कल्पना भन्ने मुल उदेश्य लिएर कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका जिल्ला वासी दाजुभाइ दिदिबहिनीहरुको साझा संस्थाले मार्च ११ तारिखका दिन शुक्रबार गर्ने निर्णय गरेको महासचिव राजेन्द्र पाण्डे साझा नेटवर्कलाई बताउनु भएको छ।
कतारमा रहेर पनि विभिन्न भइ परि आउने समस्या समाधान आपसी सम्बन्धलाई प्रगाढ गर्दै उक्त सामाजिक संस्थाले विभिन्न समयमा जिल्ला गैर जिल्लाका पिडितरुलाई आर्थिक सहयोग गर्दै आएको छ।
अधिवेशन अल समाल रोड स्थित जुबेरामा दिउँसो ११ बजेबाट सुरु हुनेछ समाजले सम्पुर्ण कपिलवस्तु वासी विभिन्न संघ संस्थाका पत्रकार लगायतलाई पत्राचार गर्ने र सम्पुर्णलाई समयमै उपस्तिथिका लागि अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend