साझा नेटवर्क
गुनाराम घिमिरे, बुटवल फागुन १५।
निर्मल लामा स्मृति प्रतिष्ठान रूपन्देहीको १५ गते “हकिकुल्लाह खा” अध्यक्षतामा सम्पन्न बैठकले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसिका बारेमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले लिएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमसीसी बिषयमा राष्ट्रहित बिपरितका कतिपय प्राबधान रहेको र यसले नेपालको जनमत एमसीसीको बिरोधमा उठिरहेको र सिंगो जनमत बिभाजित भइरहेको अवस्थामा राजनीतिक दलहरूले भने हठात् ढंगले ती आपत्तिजनक बुँदाहरूलाई संशोधन गिरी पारित गर्ने कार्यको अन्ततः देशको राष्ट्रियता र सार्वभौमिकतामा आच पुग्ने स्पष्ट रहेको भन्दै दलहरुले देशको हितलाई सर्वोपरी मानी जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिष्ठानले अपिल गरेको छ ।
प्रतिष्ठानका केन्द्रिय सचिव तथा रुपन्देहीका अध्यक्ष हकि कुल्लान कै अध्यक्षता बसेको बैठकले १८ गते साधारणसभा गर्ने एवंम प्रदेश प्रमुख अमिक शेरचनलाई सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ । जस्को प्रमुख अतिथि निर्मल लामा प्रतिष्ठानको केन्द्रीय अध्यक्ष लिलामणी पोखरेल रहनुहुने । अध्यक्ष हकिकुल्लाह खा ले जानकारी दिनुभएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend