साझा नेटवर्क
गुनाराम घिमिरे, बुटवल फागुन १४ ।
(माओवादी केन्द्र) कञ्चन गाउपालिका कमिटिले गरगरेमा पुनर्मिलन, माओवादीमा नवआगन्तुकलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सहिद सप्ताहको आज पहिलो दिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरियको हो । तत्कालिन माओवादी जनयुद्धको क्रममा १४ बर्षिय दिल बहादुर रम्तेलको गोर्खामा तत्कालिन शाहि सेनाले गोलिहानि हत्या गरेको थियो, उक्त दिनको सम्झनामा हरेक वर्ष माओवादी केन्द्रले रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।
विभिन्न पार्टि परित्याग गरि ९० भन्दा बढी नेता तथा कार्यक्रर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन, नवप्रवेशीलाई स्वागत गर्दै नेकपा(माओवादी केन्द्र) स्थायी कमिटि सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले राष्ट्रियता भन्दा ठुलो अरु कुनैपनि कुरा छैन भन्दै एम सि सि निसर्त दिनुपर्ने नभय फिता लैजानुपर्ने बताउनुभयो । जनयुद्ध बाट उल्लेखित आदर्श आज प्राप्त भइनसकेपनि प्राप्तिको मजबुत आधार तयार भएका छन् ।
सामन्तवादी एकिकृत राज्यसत्ता विस्थापन भएको छ र त्यसको ठाउमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । वर्गीय, जातिय, क्षेत्रीय र लिङ्गीय सबैखाले उत्पीडन र विभेद तथा पराधिनबाट मुक्त जनवादको अभ्यासको जिम्मा इतिहासले जनयुद्धका नायकहरुलाई नै दिएको बताएका छन् । अहिले आएर माओवादी आन्दोलन टुटफुटले गर्दा एकदमै कमजोर देखियपनि आउदो चुनाबसम्म सबै माओवादी एक हुनेमा विश्वास व्यक्त गर्नुभयो । स्थानिय चुनाबमा एमाले काङ्ग्रेससंग डटेर सामना गर्न तैयार भएको वताउनुभयो ।
यस्तै विशिष्ट अतिथिको रुपमामा ओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह–इन्चार्ज हकिकुल्लाह खाँन ले माओवादी केन्द्रमा प्रवेशको लहर चलेको वताउदै सबै जनताले अव माओवादीलाई २०६४ को स्थानमा पुर्याउने बताउनुभयो । त्यस्तै अतिथिकै रुपमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा लुम्विनि प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रि, माओवादी कार्यक्रम बोल्दै माओवादी केन्द्रमा फेरि एकपटक पहिले जस्तो जन लहर आउने कुरामा आफुइ ढुक्क भएको अहिले माओवादी केन्द्रका नेताहरु छरिएको हुँदा माओवादी कमजोर भएको छ ।
अब छरिएर रहेका माओवादी नेताहरु एकठाउँमा आउने र यो देश परिवर्तन को जिम्मा नेकपा माओवादीले लिने, माओवादीका नेताहरुमा भएको टुटफुटले माओवादी केन्द्रलाई माया गर्ने विशाल जनसमुदाय हरू एकदमै निरास भएको हुँदा अब ती निरासामा भएका जनसमुदायलाई आसामा बदल्ने अठोट अब नेकपा माओवादी केन्द्रले लिने बामदेव गौतमले बताए ।
रुपन्देही जिल्ला कमिटि संयोजक नारायण जिसी (निर्मल), प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं.५ इन्चार्ज हिरा बहादुर रोका (अमर), प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं.५ सह–इन्चार्ज भोला बस्याल, प्रदेश कमिटि सदस्य चन्द्र प्रकाश घर्ती, रुपन्देहि क्षेत्र नं.५ संयोजक हस्त बहादुर सावर, क्षेत्र नं.५ सचिव विक्रम यादव, प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए।
साथै कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा, कम्यूनिष्ट पार्टिमा लामो समय योगदान पुर्याउने सम्पूणलाई सम्मानपत्र र खादा ओढाई सम्मान गरियको थियो । कार्यक्रमको अध्यक्षता गाउ कमिटी अध्यक्ष पुष्पराज शर्माले गर्नुभएको थियो भने सञ्चालन गाउ कमिटिका उपाध्यक्ष कुमारी घर्तिले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend