साझा नेटवर्क
किरण अधिकार,रुपन्देही फागुन १२ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा बीच लुम्बिनी प्रदेश प्रमुखको कार्यकक्षमा शिष्टाचार भेटघाट भएको छ।
सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुख बिहिबार लुम्बिनी प्रदेशको भ्रमणमा हुनुहुन्थ्यो सोहि कार्यक्रम अनुसार उहाहरुबीच शिष्टाचार भेटघाट भएको हो,। प्रदेश प्रदेश वीचको सम्वन्ध कसरी प्रगाढ बनाउने देखि प्रदेश प्रदेश बिच सहयोग सहकार्य कसरी गर्ने र प्रदेश, प्रदेश बिच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउने देखि प्रदेश कर्यालयमा भए गरेका काम र अनुभवहरु साटासाट गर्ने सातै प्रदेशको प्रदेश प्रमुख कार्यालायको काम कारवाहीमा एकरूपता ल्याउने जस्ता महत्वपूर्ण बुँदाहरूमा छलफल भएको लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
गोनाहा, चेपाङ्ग देखि पिछडिएका समुदायको उत्थानको लागि अधिक्त्तम पहल गर्ने , आजसम्म भएको कार्यको वास्तविकता बुझ्ने , जनताका न्युनत्तम इस्युहरूमा मिलेर सबाल उठाउने र कार्यान्वनमा सरकारलाइ सुझाव दिने . आमनागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरि काम गर्न र कार्यसम्पादन गर्न निजामती ऐनको परिभाषा कार्यान्वयन नभएकाले समस्या आएको । आगामी दिनहरुमा अझ धेरै कटिबद्ध भएर लाग्ने जनताका समस्या र जिज्ञासालाई सम्बोधन गर्न लागिपर्नु पर्ने कुरामा दुवै प्रदेश प्रमुख सकारात्मक भएको कुरा सचिवालय बताएको छ।
प्रदेशको भुमिकालाई बुझेर कार्यन्वयन गर्ने , संबैधानिक एकरूपता भएको हुँदा प्रदेश अनुसारको काम कारवाही हुदै आएको छ । त्यसमा एकरुपता हुनु जरुरि छ तर सबै प्रक्रियागत रुपमा एकरूपता हुनु जरुरी छ। निति तर्जुमामा सबै प्रदेशको सास्कृतिक प्रतिनिधित्व हुनुपर्ने , प्रदेशवीच प्रभावशाली कम्युनिटी मात्र नभएर सबैको बारेमा चिन्तन गर्नुपर्ने देखिएको छ।
सामुहिकतामा जोड दिदै समस्यालाई समाधान गर्न गरी अगाडि बढ्नु पर्ने कुरामा छलफल भएको छ । पहिला स-साना काम पुरा गरौं र त्यसलाई कार्यान्वयन गरम अनि ठुला कामहरूमा विस्तारै लागम्ला भन्दै उहाहरुले छलफलको क्रममा भन्नु भयो । सोहि क्रममा बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्मा ले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई चैत्रको पहिलो हप्ता बाग्मती प्रदेशमा सातै प्रदेश प्रमुखहरुको भेला वा बैठक बस्ने गरी बाग्मती प्रदेशमा निमन्त्रणा समेत गर्नुभएको र सो निमन्त्रणालाइ लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सहस्र स्वीकार गरि प्रदेश प्रमुखहरुको भेला वा बैठकले देश र जनाताको हितमा काम गर्ने बिस्वास व्यक्त्त गर्नु भयो ।
लुम्बिनी प्रदेशका कर्यालय सचिब चिरन्जीवी पौडेल लुम्बिनी प्रदेशका कार्यालय सचिब शिबराम न्यौपाने लुम्बिनी प्रदेशका सचिवालयका सह स्वकीय सचिव नारायण आचार्य स्वकीय सचिब विरबहादुर बिक स्वकीय सचिब भिसन लामिछाने प्रेश संयोजक गुनाराम घिमेरे र सचिवालयका मिराज खानलगाएत को उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend