logo
  • शुक्रबार, असोज ९ २०८३

कालीगण्डकीमा काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९३ जना एमालेमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी फागुन १०।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेले संचालन गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र पार्टि परित्याग गरि ९३ ,जना एमाले प्रवेश छन् ।
वडा नम्बर तीन जयखानिमा नेकपा माओबादी केन्द्रका नेता क्याप्टेन रुप बहादुर श्रीस एमाले प्रवेश गरेका छन् । संघीयता पछिको पहिलो स्थानीय निर्बाचनमा श्रीस नेकपा माओबादी केन्द्र बाट वडा अध्यक्ष पदको उम्मेदवारमा प्राजित भयका थिए । नेपाली काँग्रेस पुर्व वडा सभापती चाम बहादुर श्रीस सहित ३६, जना जयखानिबाट एमाले प्रवेश गरेका छन् ।

वडा नम्बर दुई अर्बेनिमा माओबादी केन्द्रका पूर्व वडा कमिटी अध्यक्ष पुनाभद्र न्यौपाने सहित ५ ,जना वडा नम्बर चार पूर्तिघाटमा चन्द्र बहादुर राना ,सुर्य श्रेष्ठ सहित ४, जना वडा नम्बर सात भुर्तुङ्गमा छमु गिरि, झक बहादुर क्षेत्री, श्रीप्रसाद गुरुङ्ग, नृप बहादुर गुरुङ ,तेज बहादुर गुरुङ्ग, बल बहादुर गुरुङ्ग, बेल बहादुर गुरुङ्ग, छम बहादुर छन्त्याल ,मेख बहादुर गुरुङ्ग, देबेन्द्र घले, तारा गुरुङ्ग लगायत ४८, जना नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन्

नेकपा एमाले कालीगण्डकी गाउँ कमिटिले विभिन्न वडामा आज कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम संचालन गरेको थियो । नेपाली काँग्रेस र माकेन्द्र पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने नव प्रबेसी कार्यकर्तालाई नेकपा एमालेका केन्द्रिय उपमहासचिव माननीय प्रदिप कुमार ज्ञवालीले टीका खादा संगै स्वागत गरेका थिए । उनिहरु लामो समय देखि नेपाली काँग्रेस र माकेन्द्र पार्टिमा कृयासिल रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend