साझा नेटवर्क
उमेश दुबे, पर्सा फागुन १० ।
नेपाली जनताको शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी संगठनलाई मानिने गरिन्छ । आम सर्वसधारण नेपाली नागरिकले नेपाल प्रहरी संगठन माथिको बिश्वास हालसम्म कायमै रहेको देखिन्छ । तर केही घटना दुर्घटनाको साथै भ्रष्टाचारमा लिप्त रहेका प्रहरीहरुलाई माथिल्लो निकायले नै ढाकछोप गर्न थालेपछि आम सर्वसधारण नेपाली जनताले गरेको नेपाल प्रहरी संगठन प्रतिको बिश्वास गुम्दै गएको देखिन थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको आग्मन संगै सीमा नाकाहरुमा आफ्नै आसेपासेहरुलाई पठाउने गरेको कार्यपनि कुनै नौलो कुरा नभएको हालसम्मको कार्यले प्रष्ट पारेको छ । नेपाल र भारतको सीमा हुदै हुने अवैध कृयाकलापबाट रकम उठाउन र हाकिमसम्म पुरयाउनको निम्ति आफ्नै आसेपासेहरुलाई सीमा नाकाको जिम्मेवारी दिइन्छ ।
हाल चर्चामा रहेको अमरपटी नाकामा प्रहरी सहायक निरीक्षक बस्ने ठाउमा प्रहरी नायब निरीक्षकलाई जिम्मेवारी दिइएको छ भने प्रहरी संगठनलाई बदनाम मात्र होइन पटक पटक बिवादमा पर्दै आएका प्रहरी हवलदार बिनोद यादवलाई प्रहरी चौकी ड्राइपोर्टमा पठाइएको छ । प्रहरी हवलदार यादव विगत केही दिन अगाडी संगठनको हित विपरीत कार्य गरेकोले केही बेर प्रहरीकै हिरासतमा समेत बस्नु परेको थियो ।
प्रहरी सहायक निरीक्षकको दरबन्दी हुने ठाउमा प्रहरी नायब निरीक्षकलाई जिम्मेवारी दिइन्छ भने भ्रष्टाचारमा लिप्त रहेका प्रहरी हवलदारलाई कुनै कारवाही नै नगरी उल्टै प्रोत्साहन दिई राम्रो ठाउमा पठाउनुले माथिल्लो निकायको इमान्दारीता माथि नै प्रश्ण चिन्ह खडा भएको छ । आफ्नो स्वार्थ पुर्ती गर्नको निम्ति आफ्नै मनोमानी ढंगले जिल्लालाई प्रयोग गर्दै आएको बिषय यथार्त मात्रै होइन प्रष्ट समेत भएको छ ।
एक जना प्रहरी श्रोतकै अनुसार केही महिना अगाडी प्रहरी हवलदार बिनोद यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासत कक्ष भित्र नै कोचिएको थियो । तर यसपालिको कार्यकालमा प्रहरी चौकी ड्राइपोर्टमा पठाउनुले भ्रष्टाचारलाई बढावा दिइएकै उनले ठोकुवा गरे ।
जिल्लाको मात्र नभई मुलुककै आर्थिक राजधानीको रुपमा मानिने वीरगंज क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिनुले शान्ति सुरक्षामा समेत चुनौती भएको पर्सेली जनताले अनुमान गर्न थालेका छन । जसका कारण नेपाल प्रहरी प्रतिको विश्वास आम नेपाली नागरिकले गुमाउदै गएको भन्न समेत थालेका छन ।
तसर्थः नेपाल प्रहरी संगठनका प्रमुख लगायत जिल्ला प्रहरी कार्यालयका प्रमुखको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend