logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी कांग्रेसको ‘प्रशिक्षित कार्यकर्ता सुदृढ कांग्रेस’ अभियान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन १० ।
नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेयले सरकारबाट गठबन्धन जवरजस्त ननिकाल्ने बरु मिलेरै पास गर्न पहल गर्ने बताएका छन् ।
उनले देशमा टुटेको प्रणाली स्थापित गर्नेदेखिको गठबन्धन भएकाले सोहि सम्बन्धकै आधारमा गठबन्धन अगाडी बढ्ने विश्वास व्यक्त गरे । ‘एक हातले ताली बज्दैन । सरकारमा बसेर सरकारको कार्यसुचि बाहिर गएर बोलेको शोभनिय देखिदैन,’उनले भने,‘संसदमा पेश भए जसरीनै एमसिसि पास गर्छौ ।

’ नेपाली कांग्रेस गुल्मीको बृहत प्रशिक्षणको क्रममा नयाँपत्रिकासंग कुरा गर्दै पाण्डेयले एमसिसिका कारण कसैलाई जवरजस्त सरकारबाट बाहिर निकाल्ने पक्षमा आफुहरु नभएको प्रतिक्रिया दिए । अहिलेको गठबन्धन बाहिर निस्कन खोजे र एमाले एमसिसिमा सहयोग गर्न आए पनि कांग्रेसले रिजेक्ट गर्ने पक्षमा नभएकाले सरकारको दायित्वबाट गठन्धनका कोहि उम्कन नमिल्ने पाण्डेयले बताए ।

प्रशिक्षित कार्यकर्ता सुदृढ कांग्रेस अभियान

नेपाली काङग्रेस गुल्मीले नेतादेखि कार्यकर्ता प्रशिक्षणको अभियान सुरु गरेको छ । सोमबार वडा कार्यसमिति सचिवदेखि जिल्ला कार्यसमितिसम्मलाई एकै दिन बृहत प्रशिक्षण गरेको छ । केन्द्रिय सह–महामन्त्री बद्री पान्डेय, केन्द्रिय सदस्य डाक्टर गोविन्दराज पोख्रेल र देवराज चालिसेले नेता कार्यकर्तालाई प्रशिक्षण दिए । पार्टी बिचारले संचालन हुने भएकाले कांग्रेसको नीति जनताको बिचमा पुराउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको नेपाली कांग्रेस सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

अधिबेशन पछिको पहिलो बैठकले ‘गुल्मी कांग्रेसको अठोट सबल वडा सक्षम टोल’ भन्ने संकल्प पारित गरेको छ । ‘गुल्मी कांग्रेसको अठोट सबल वडा सक्षम टोल’ अभियान अन्तरगत जिल्लाका ९३ वटै वडामा बैठकहरु एकैदिन सम्पन्न भएको पन्थीले बताए । यो प्रशिक्षणमा बिशेष गरेर कांग्रेस नेतृत्वको सरकारले गरेका काम जनतामा पुराउने, पार्टीको नीति नेतादेखी कार्यकर्ता बिचमा पुराएर आसन्न निर्वाचनमा कांग्रेसलाई जिल्लामा पहिलो बनाउने उदेश्यले ‘प्रशिक्षित कार्यकर्ता सुदृढ कांग्रेस’ अभियान संचालक गरिएको कांग्रेस जिल्ला सचिव भगतसिंह खड्काले जानकारी दिए ।

यो प्रशिक्षणपछि २१ फागुनमा प्रत्येक वडामा बैठक र भेला प्रशिक्षण हुने छन् । जसका लागि वडा स्तरका सभापति र दुई सचिव, १२ वटै पालिकाका सभापति, सदस्य र जिल्ला कार्यसमितिका पदाधिकारीलाई प्रशिक्षणको आयोजना गरिएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend