logo
  • शुक्रबार, साउन ८ २०८३

नेपाली काङ्ग्रेस प्यूठानले गर्यो २०४८ र २०५३ सालका गाविस इकाई सभापतिहरुलाई सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

जोगिन्द्र मल्ल,प्यूठान फागुन  ७ ।

७२ औं प्रजातन्त्र दिवसको अबसर पारेर फागुन ७ गते नेपाली काङ्ग्रेस प्युठानले नेपाली काङ्ग्रेसमा आबद्ध रहि २०४८ र २०५३ सालमा गा बि स इकाई सभापति रहि आफ्नो कार्यकालमा जिम्मेवारी वहन गरेका सभापतिहरुलाई सम्मान गरेको छ । नेपाली काङ्ग्रेस प्युठान जिल्ला सभापति बिष्णु कुमार गिरिको सभापतित्वमा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथी योजना आयोगका पुर्ब उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्रा डा गोबिन्दराज पोख्रेल र विशेष अतिथी लुम्बिनी प्रदेश उपसभापति राजु खनाल रहनु भएको थियो । बहुदल पछि नेपाली काङ्ग्रेसको नीति सिद्धांन्त परिधी र मर्यादा भित्र रहि प्युठानको कम्युनिस्टको दब्दबा भएको जिल्लामा संगठन बिस्तार र जिम्मेवारी वहन गरेका ६५ जना गा बि स इकाई सभापति तथा परिवारलाई सम्मान गरिएको नेपाली काङ्ग्रेस प्युठानले जनाएको छ ।सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी योजना आयोगका पुर्ब उपाध्यक्ष तथा केन्द्रिय सदस्य प्रा डा .गोबिन्दराज पोख्रेलले प्युठानको काङ्ग्रेसलाई यो अबस्था सम्म ल्याउन पुर्ब इकाई सभापतिहरुले खेलेको भुमिका महत्त्वपूर्ण रहेको र द्वन्दकालिन अबस्थामा प्रजातन्त्रको दियो बालेर नेपाली काङ्ग्रेसलाई जोगाइ राख्ने अग्रजहरुले गर्दा काङ्ग्रेस यहाँ सम्म आएर प्युठानमा काङ्ग्रेस ठुलो दल बनेको बताउनु भयो । त्यसै गरि प्रजातन्त्र र लोकतन्त्र राजनिती संस्कृति तथा सस्कार बुझेको पाटि काङ्ग्रेस हो भन्दै कम्युनिस्टहरुले mcc को बारेमा जे टिकाटिप्पणी गरे पनि कम्युनिस्टहरु पनि सम्झौता प्रक्रियामा समाबेस रहेको र अमेरिकी सहयोग नेपालको हितको लागि हुने बताउनु भयो । सो सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापति राजु खनालले आफू विद्यार्थी जिबन देखि प्युठानि काङ्ग्रेस संग नजिक रहेको को र काङ्ग्रेसलाई यो अबस्थामा ल्याउन प्युठानि काङ्ग्रेसको ठुलो त्याग तपस्या बलिदान रहेको बताउनु भयो भने सम्मान कार्यक्रमको समापन गर्दै नेपाली काङ्ग्रेस प्युठान जिल्ला सभापति बिष्णु कुमार गिरीले कम्युनिस्टहरुको चरीत्रले काङ्ग्रेस पछी परेको द्वन्द्वकालिन समयमा प्युठानी काङ्ग्रेसले दु:ख पाएको बहुदल पछी अहोरात्र खटेर जिबन्त उल्लेखनीय योगदान दिएका २०४८ र २०५३ का गा बि स इकाई सभापतिहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभुति रहेको र १४ औ महाधिवेशनमा पाटी भित्र भएका साना तिना मतभेदलाई छलफलको माध्यम बाट आआफ्नो कमि कमजोरीलाई स्विकार्ने र अहिले नेताहरुको भर परेर टिकटको अलमलमा नपरी संगठन बिस्तारमा लाग्न अनुरोध गर्नु गर्दै सम्मान कार्यक्रम उपस्थिति सबैलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend