साझा नेटवर्क
साझा नेटवर्क, फागुन ८ ।
“निस्वार्थ भावना सेवा गर्ने हाम्रो चाहना” मूल नाराको साथ सन् २०१७ मा ओमनमा स्थापित गुल्मी सेवा समाज ओमानले दोस्रो कार्यकाल पुरा गरि तेस्रो कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । समाजका अध्यक्ष दुर्गा प्रसाद ढकाल ज्युको अध्यक्षतामा भएको कार्यक्रममा ओमनमा कार्यरत रहेका गुल्मेलिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम समाजका संरक्षक घनश्याम भण्डारीले सन्चालन गर्नुभएको थियो । विश्वलाई आक्रान्त गरिरहेको कोरोना कहर ( कोरोना भाइरस covid 19 ) ले गर्दा ओमान रहेका महामहिम राजदूत,कृयासिल संघ सस्थाहरु, बुद्धिजीवी, कलाकार, पत्रकार, समाजसेवी कसैलाई पनि कार्यक्रमा सहभागी गराउन नसकिएको आयोजकले जानकारी दिएको छ ।
२०२१-२०२३ नयाँ कार्यकालको लागि सुर्य पन्थीको अध्यक्षतामा सर्वसहमतिले २१ जनाको कार्यसमिति चयन गरिएको छ । जसमा क्रमश: वरिष्ठ उपाध्यक्ष महादेव हितान, उपाध्यक्ष टेकराज भण्डारी, महासचिव श्रीराम थामी मगर, सचीव हरि ढेगा, सह सचिव पदम बहादुर खत्री, कोषाध्यक्ष ठाकुर प्रसाद डम्बरपाल, सह-कोषाध्यक्ष रुद्रप्रसाद ढकाल, वरिष्ठ सल्लाहकार साथै समाजका अभिभावक तोलाकान्त भट्टराई, सल्लाहकारहरु राम प्रसाद भण्डारी, खिम बहादुर बुचा, कमल महत, चिरञ्जीवी पाण्डेय, चिन्तामणी पान्डेय, गोविन्द खासु, खेम सेन ओलि, सास्कृतिक अनिल नेपाली, मुकुन्द सापकोटा खेलकुद, लिल बहादुर बुचा, संरक्षक दुर्गा प्रसाद ढकाल , घनश्याम भण्डारी रहेका छन्।
कार्यक्रममा समाजका नव नियुक्त अध्यक्ष सुर्य पन्थीले गुल्मेलिहरुले दिएको जिम्मेवारीलाई अझ शसक्त रूपमा अगाडि बढाउदै ओमानमा रहेका संघ सस्थाहरुसङ हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।
विगत देखि संस्थाको निम्ति महत्वपुर्ण जिम्मेवारी निष्ठापुर्वक निर्वाह गरेको उपलक्ष्यमा समाजले विभिन्न व्याक्तित्वहरु लाई सम्मान पत्र सहित सम्मान गरेको थियो । कार्यक्रममा उपस्थितले आफ्नो आफ्नो प्रतिक्रिया राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend