logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको बडिगाड गाउँपालिकामा २० दिने वृहत जनस्वास्थ्य अभियान सुरु

१६ स्थानमा विशेषज्ञ सेवा सहित स्वास्थ्य परीक्षण हुने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ फागुन ७ ।
बडिगाड गाउँपालिकामा आज देखि २६ गते सम्म सञ्चालन हुने वृहत जनस्वास्थ्य अभियान सुरु भएको छ। यद्यपी औपचारीक उद्घाटन आइतवार भिमगिठे स्वास्थ्य चौकीमा गरिने गाउँपालिकाले जनाएको छ। आज बडिगाड गाउँपालिका वडा नं. ७ टुनिवोटमा स्वास्थ्य परिक्षण गरिएको हो।

आइतवार देखि बुधवार सम्म वृहत स्वास्थ्य परीक्षण गर्ने गरि तयारी गरिएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य अधिकृत चुडामणि कँडेलले जानकारी दिनुभएको छ। सो वृहत जनस्वास्थ्य अभियानमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा. डा. तरुण पौडेल नेतृत्वमा १३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. टुमाया घलेले जानकारी दिनुभएको छ।

सो टोलीमा मेडिसिन विशेषज्ञ डा. अर्जुन पौडेल, डा. धिरज पौडेल, हाडजोर्नी तथा नशा विशेषज्ञ डा. विवेक अधिकारी, डा. सुमन भट्ट, स्त्री तथा प्रसुती विशेषज्ञ डा. चाँदनी स्याङ्तान लामा, डा. कृशा मास्के, आँखा विशेषज्ञ डा. प्रियङ्का सिंह, डा. रानु मेहेता, नाक, कान, घाँटी विशेषज्ञ डा. आशिष घिमिरे, रेडियोलोजी विशेषज्ञ डा. कपिल थापा, मानसिक तथा स्नायु विशेषज्ञ डा. अच्यूत आचार्य, छाला तथा यौन विशेषज्ञ डा. मेघा देव लगाएत स्वास्थ्य कर्मि रहने गण्डकी मेडिकल कलेजले जनाएको छ।

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क हुनेछ। जस अनुसार आइतवार भिमगिठे, सोमवार ग्वालीचौर, मंगलवार जलजला र बुधवार खर्वाङमा स्वास्थ्य परीक्षण गरिनेछ।

त्यस्तै पालिका भित्रका टुनिवोटमा फागुन ७ गते, दर्लिङखोलामा १२ गते, खालामा १३ गते, दाँगमा १४ गते, दगातुन्डाडामा १७ गते, शिसाखानी १८ गते, खारखोलामा १९ गते, झुलेडाँडामा २० गते, रणसिंहकिटेनीमा २२, भेँडिखोरमा २३ गते, दोभानमा २४ गते र ग्वालीचौरमा २५ गते स्वास्थ्य जाँच सहित जनस्वास्थ्य अभियान गर्ने गरि कार्यतालिका बनाइएको जनस्वास्थ्य निरिक्षक कँडेलले जानकारी दिनुभएको छ।

सो अभियानमा ४० वर्ष माथिको सवै सेवाग्राहिहरुको किड्नीको जाँच, ४० वर्ष माथिका सवै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सवै सेवाग्राहिको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ।

त्यस्तै अभियानमै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरि नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखिकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतिहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिने भएको छ। त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्ने लगाएतको काम पनि सो अभियानमा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend