साझा नेटवर्क
साझा नेटवर्क, कतार फागुन ७ ।
गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १९औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष कुमार “अविरल” पन्थीको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा संरक्षक विजय विक्रम बस्नेत, विशेष अतिथिमा प्रमुख सल्लाहकार झविन्द्र आचार्य, सल्लाहकार बुद्ध पाण्डे, बाबुराम महत, पुर्व कोषाध्यक्ष अच्युत पौड्याल, सामाजकी महिला संयोजक कल्पना घर्ति, पुर्व महिला संयोजक विष्णु खत्री, समाजसेवी दिपक बस्नेत, अन्जिला बस्नेत लगायत रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा समाजका पुर्व कार्यसमितिका पदाधिकारीहरु मधु ज्ञवाली, यम परियार, ज्ञानु घर्ति, रिखा परियार लगायत रहेका थिए । साथै रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेली एवम् गैर गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विधिवत रुपमा व्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष कमल अर्यालले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।
सस्थाले साधारणसभा भएको १ वर्ष पुरा भएपछि वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम आयोजना गर्ने गर्छ । कार्यक्रममा समाजको साँगठिनिक प्रतिवेदन सचिव सुरज चन्द र आर्थिक प्रतिवेदन सस्थाका पुर्वकोषाध्यक्ष एवं द्वितीय उपाध्यक्ष मित्र विएसले प्रस्तुत गरेका थिए ।कार्यक्रममा बाबुराम महत, अच्युत पौड्याल, बुद्ध पाण्डे लगायतले बोलेका थिए ।
यसैगरी समाजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि विजय विक्रम बस्नेतले सस्थाको उतरोत्तर प्रगतिको कामना गर्दै सस्थालाई शसक्त बनाएर कतारमा रहेका गुल्मेलीहरुलाई समेटेर अगाडी बढ्नुपर्ने र यहाँ रहेका गुल्मेलीहरु संस्थाको समीपमा रहेमा सबै गुल्मेलीहरुलाई सस्थाले समेट्न सहज हुनेकुरा बताएका थिए । त्यस्तै कार्यक्रममा गुल्मेली गायक दिपेन्द्र सुनार लगायतका कलाकारले आ-आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष कुमार अविरल पन्थीले कार्यक्रम सभ्य भव्य र सफल बनाउन टाढा-टाढाबाट आउनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सस्थालाई अझ शसक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै समापन गरेका थिए । कार्यक्रम समाजका सह-सचिव दर्शन सुनारको संचालनमा सम्पन्न भएको थियो ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend