साझा नेटवर्क
किरण अधिकारी, गुल्मी फागुन ०४।
सजिलो काम राम्रोकमाइ महिना पुग्नवित्तिकै खातामा पैसाजम्मा हुने तनाव वहिन आनन्दको जागिर जागिरबाट घर खर्च राम्रौ चलेको थियो।
छोराछोरीहरुलाई राम्रौ किसीमले शिक्षादिक्षा दिनपुगेकै थियो र बचत पनि राम्रौ हुने तर पैसाले मात्र सबैकुरा प्राप्तगर्न सकिन्नभन्ने धारणा बोकेका कमललाई वैदेशिक रोजगारीले मात्र उनलाई खुशीदिन सकेन‚ नमा हुटहुटी हून्थ्यो काम परदेशमा तर मन भने नेपालमाहुने गर्दथ्यो‚ उनि भन्छन ।
परदेशमा लगायने मिहेनत र समय किन नेपालमा नलगाउने‚ अब केही गर्नुपर्छ नेपालमा वैदेशिक यात्रालाई अब बिट मार्छु भन्दाभन्दै युएइमा ८ वर्ष बिताएका कमल ८ वर्षपछी साच्चै पहिला कल्पना गरे जस्तै वैदेशिक रोजगारीको यात्रालाई बिट मार्दै वि स २०७६. नेपालमा आए अब नेपालमा केही गर्नुपर्छ भन्ने सोच बोकेका उनी नेपालमा गर्न चाहानाने हरुकालागि बाटाहरु धेरै छन र उनलाई बाटाहरु प्रशस्तै थिए तर उनको सोच फरक थियो कुषीमा केहीगर्नुपर्छ । हामीे युवाहरुले सुरुवात नगरे कस्ले गर्ने भन्ने सोच बोकेर कृषीर्कम आरम्भ गर्ने युवाहुन।
गुल्मी जिल्ला इस्मागाँउपालिका वडा नं ३ तल्लो टाकुरा निवासी कमल घिमिरे । उमेर ले ४० वर्ष पुगेका छन २ सम्मको अध्ययन गरेका उनका छोरा‚ छोरी‚ बुबा आमा श्रिमती संगै ६ जनाको परिवार .छ श्रिमती शिक्षीका हुन भने उनका बुबा समाजसेवी हुन। छोरीले गाउँकै सरकारी स्कुल श्री रामराज्य उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययन गर्छीन भने छोराले कक्षा ५ मा अध्ययन गर्दछन। आप्:नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ आप्:नौ गाउँमा सानो लगानी बाट कृषी पेशा सुरु गरेका कमल सुरुमा हाचिम मेसिन बाट गाउमै लोकल कुखुरा उत्पादन गर्ने सोचका ।
साथ दुबाइ बाट हाचिम मेसिन लिएर काम सुरु गरेका कमल नेपालमा बिधुत लगायत बिभीन्न् प्राबिधिक कठिनाईका कारण ले गर्दा त्यो सफल हुन सकेन‚ स्वादेशमा नै केही गर्छु भनेर अगाडी पाइला चालेका कमलको सुरुकै पाहिलामानै ठेस लाग्न पुग्यो उनको पहिलो उनको सोच असफल हुन पुग्यो । हिम्मत नहारी दरिलो मन सकरात्मक सोच र दृण इच्छाशक्ती का साथ भाग्यमा भन्दा कर्म मा विश्वास राख्दै । पुन कमल कृषी तथा पशुपालनमा लागे निरन्तर मिहेनत कठोर मिहेनतका साथ दिनानुदिन कृषी क्रममा भिज्दै गए ।
विस्तारै कृषी र पशुपालनबाट आप्:नो प्रतिफलको प्राप्त गर्दै जान लागे सुरुमा करिब ४/ ५ लाखको लगानीबाट कृषी तथा पशुपालन सुरुवात गरेका कमल‚ लोकल कुखुरा‚ संगै खसी बोका पाल्ने सोच बनाएका थिए तर लोकल कुखुराले बजार पाउन सकेन। लोकल कुखुरा हुर्कीन धेरै समय लाग्ने बिक्री हुन धेरै समय लाग्ने बोइलर कुखुरा भन्दा महङ्गो हुने हुदा अक्सर मान्छेहरुले खान नखोज्ने हुदा बोइलर कुखुरालाई बढी प्राथमिकता दिएको अहिले धेरै बोइलर कुखुरा पालेको र बोइलर कुखुराको माग धेरै हुने कमल बताउछन।
उनका अनुसार बोका खसीहरुको माग झन झन बढ्दै गएको अवस्था छ‚ खसी बोका उत्पादन गर्न सक्यो भने घरमै किन्न आउने धेरै नै हुन्छन तर गाउँपालिकाले उचित बजार व्यवस्थापन गर्न सकिराखेको अवस्था छैन खसी बोका कुखुरा बाहेक अन्य फलफुल तथा तरकारी लगायत अन्य उत्पादित समानहरुले बजार खासै पाएको अवस्था छैन। तरकारी उत्पादन गरेर सदरमुकाम सम्म पुर्याउन लागी ढुवानी बढी लाग्ने भएकाले सदरमुकाम सम्म पठाउन तत्काल सम्ास्या रहेको कमल बताउछन ।
गाउँपालिकाको सहयोगमा कमलले १०० बोट कागती लगाएका थिए करिब ९० % बिरुवा हुर्किदै गएका र अबको २ वर्षमा ति बिरुवाहरुले उत्पादन दिन सुरु गर्न र बेमौसमी तथा मैसमी तरकाली खेती गर्न सुरु गरेको त्यसको लागी बजार परिक्षण गर्दै उत्पादन गर्न गरी काम सुरु गरेको कमल बताउछन अहिले उनको गोठमा बोइलर ११ माउ बाखा्र पाठा पाठी गरी २० र दुइ ओटा दुध दिने भैसी र बोयर बोका पालेर गाउँमा नश्ल सुधार कार्यमा लागेका कमल बताउछन। कमल अहिले सामुदायीक विकासका लागी बाख्रा उद्दम परियोजना अर्न्तरगत सामुदायिक कृषी तथा भेटेरिनरी उद्दमीको रुपमा काम गर्दै आएका कमलले पोखरामा गएर भेटेरिनरी सम्बन्धि ४२ दिने तालिम ल्याएका गाउँमै भेटेरिनरीको काम गर्छन ।
अहिलेको प्रबिधीको युगमा मानिसले प्रबिधीको प्रयोगबाट धेरै काम गर्न सकिन्छ मासिले धेरै टेक्नोलोजिको माध्यमबाट काम गर्न सकिन्छ। पहिला जस्तो सबै कुरा मानिसले गर्न पर्ने अवस्था छैन ‚ दिमागी काम धेरै र शारिरिक श्रम कम गर्दा पनी धेरै काम गर्न सकिन्छ। आजभोली मेशीन प्रयोग बिना कृषीपेशामा सफल हुन असम्भव जस्तै भएको छ । मेशनि हरुबाट काम गर्न छिटो ‚ सजिलो‚ छरीतो‚ राम्रोकाम हुने गर्दा फाईदा हुने सुरुमा सानो संरचना तयार गर्दा कम्तिमा पनी ४ देखी ५ लाख जती लगानी लागाको र त्यसैलाई राम्रो बनाउदै लगेको त्यसबाट हुने आम्दानी बाट आफु सन्तुष्ट रहेको कमल बताउछन
लागि आफुले कृषि व्यवसाय गर्दै गर्दा आफ्नो जिवन राम्रो बनाउने लक्ष्य राखेर काम गरिरहेको छु त्यो भन्दा ठुलो उद्देश्य भनेको आफुले गरेको कामबाट युवा पङ्िक्तमा उत्प्रेरणा दिलाउन सकु सधैं विदेशीन मात्र खोज्ने नेपाली युवाहरुको सोचलाई परिवर्तन गरेर नेपालमा पनी केही गर्न सकिन्छ है राम्रो संग काम गरेर मिहिनेत गर्यो भने हाम्रो देशमा नै सुन फलाउन सकिन्छ । हामी नेपालीहरु परिवारको लागि घरमा बिहान बेलुका चुलो बाल्नको मात्र लागि बाहिर जानु पर्दैन‚ मरुभुमि को तातो घाममा पसिना चुहाउनु भन्दा आफ्नै देशको माटोमा पसिना चुहाउन सकियो भने मज्जाले जिविकोपार्जन गर्न सकिन्छ भन्ने सकरात्मक सोच युवाहरु मा ल्याउन सकु आफुले गरेको कामबाट। एक दुई जना युवा हरूको लागि प्रेरणा बन्न सके भने त्यो नै मेरो सबैभन्दा ठुलो उपलब्धि हुनेछ कमल बताउँछन्।
उनी आग्रह गर्छन् । तपाईं हामी सबैमा डक्टर पाइलट ईन्जिनियर र सरकारी जागिर खाने युरोप अमेरिका जाने मात्र सपनामा बोकेर बसेका छौँ। तपाईं हामी कसैमा पनि यस्तो सोच भएका कोही पनि पाउन सकिदैन जस्ले म कृषि पेशा अंगालेर देशमै स्वरोजगार बन्न सकु कृषि बाट मेरो भविष्य बनाउने छु कृषि गरेर देशमै श्रम गरेर देशमै श्रम बेच्न सकु। हामीहरूमा यस्तो किसिमको सोच त छैन र हाम्रा आउने सन्तति हरूलाई कृषि प्राविधिक बनाउने छु।
कृषि तथा पशुपालन क्षेत्रमा भविष्य बनाउने तिर लगाउने छु । यो सोच तपाईं हामी धेरै जसो अभिभावकहरु कसैमा पनि हुँदैन त्यसैले पहिला हाम्रो सोच लाई परिवर्तन गर्न आवश्यक छ कमल भन्छन।



।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend