logo
  • आइतबार, असोज ११ २०८३

लेखा अधिकृत कर्णको चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रंजित चौरसिया,पर्सा फागुन २ ।

मधेस प्रदेशको सबैभन्दा ठूलो र पूरानो अस्पतालको रूपमा मानिने नारायणी क्षेत्रीय अस्पतालमा लेखा अधिकृत राजेन्द्र कर्णको चरम लापरबाही र चलखेलका कारण औषधी पाउन नसकेको आरोप कर्मचारीहरूले नै लगाउन थालेका छन ।नारायणी क्षेत्रीय अस्पतालको लेखा अधिकृत पदमा कार्यरत रहेका डा.राजेन्द्र कर्णले आफ्नो स्वार्थमा परेकै कारण औषधी पाउन नसकेको अस्पतालका कर्मचारीहरू बताएका हुन । नारायणी अस्पतालमा औषधी अभाव भएको महिनौ भइसकेपनी सम्बन्धित निकायको मौनताले सेवाग्राही मारमा पर्दै आएका छन । सेबाग्राहीहरु दिनहु औषधी न पाएर सास्ती पाउने गर्दछन । अस्पतालको फार्मेसीमा सामन्य औषधि समेत न भएको महिनौ बिति सक्दापनी हालसम्म उपलब्ध हुन नसकेको श्रोतले दाबी गरेको छ । अरु बिरामिहरू त परै जाओस बिमा गरेका सयौं बिरामीहरु दिनहु जस्तो औषधी न पाएर अन्यत्र रेफर हुँदै गरेको समस्याले बिकराल रूप लिएको छ । अस्पताल प्रशासनले महिनौ देखि औषधी आपूर्ति गर्न नसकेका कारण दिनहु आउने हजारौ बिरामीलाई सास्ती खेप्दै आउनु परेको हो ।

फार्मेसीको बेथितिले गर्दा औषधी किन्न नसकेको अस्पताल प्रशासनको दाबी छ । पटक पट्क लिखित र मौखिक रुपमा फार्मेसी ब्यबस्थापनको नियुन्तम मापदण्ड पूरा गरि औषधी आपूर्ति गर्ने प्रयास गरिएतापनि ,फार्मेसीले असहयोग गरेको कारण पूरा हुन नसकेको प्रशासन शाखाका एक कर्मचारी बताउछन । उहाका अनुसार यति प्रयास गर्दा समेत सहज हुन नसकेको कारण नियमित टेन्डरमा गएर औषधी उपलब्ध हुने प्रक्रिया सुरू भएको बताए । पुष महिनामा खुल्नु पर्ने टेन्डर प्राविधिक कारण देखाएर रद्द गरिएको श्रोतले दाबी गरे । जसका कारण एक महिना औषधी नपाउदा प्रत्यक्ष असर सेवाग्राही माथी परेको उनले दाबी गरे । पुष महिनामा टेन्डर खुल्न नसकेपछी माघ १२ गते खुल्ने टेन्डरबाट अवस्था सुधार हुने आश गरिएको थियो ।

दोश्रो टेन्डर माघ १२ गते इ-बाइन्डिङ्ग मार्फत खुल्यो र एक हप्ताको समयमा विड स्वीकृत भएको बिक्रेता सङ्ग सम्झौता गरिनुपर्ने सामन्य प्रक्रिया हुने गर्दछ, उनले बताए । तर हालसम्म पनि सो टेन्डरको प्रक्रिया अघि बढेको छैन जसले गर्दा दिनहु सेवा लिन आउने हजारौ बिरामिहरू मर्कामा परेको उनले दाबी गरे । अस्पताल प्रशासनले प्रमुख लेखा अधिकृतको सम्योजकतामा टेन्डर कमिटी गठन गरेको थियो जसमा स्टोरका एक कर्मचारी, फार्मेसीका एक फार्मासिस्ट, अस्पताल बाहिरका एक बिज्ञ र लेखापाल सदस्य छन । सो टोलिले निर्धारित समयमै अध्यन र मुल्यांकन गरि टेन्डर कागजपत्र लेखा अधिकृतलाई बुझाइ सकेको दाबी गर्छन् । १० दिन बितदा समेत सो प्रक्रिया अन्योलमा रहेको श्रोतको दाबी छ ।

नारायणी अस्पताल श्रोतका अनुसार लेखा अधिकृत राजेन्द्र कर्णले विभिन्न बाहना बनाउने काम गरेर सो प्रक्रिया अबरुद्ध पार्ने चलखेल गरेको दाबी गरेका छन । त्यति मात्र नभइ लेखा अधिकृतले आफ्नो पदको प्रभावले अस्पतालमा निजि लाभ लिदै गरेको बुझिन्छ ।आफ्नो प्रभाबमा आफ्नो छोरिलाइ स्टाफ नर्स करार सेबामा भर्ना गराउन सफल भएको केही महिना न बित्दै आफ्नो ज्वाइलाई समेत हुँदै न भएको सिबिल इन्जिनियर पदमा ज्यालादारीमा भर्ना गराउन सफल भएको श्रोतले दाबी गरेका छन । विभिन्न आर्थिक प्रयोजनमा समेत मोटो नजराना लिने गरेको आरोप समेत निजलाइ लाग्ने गरेको छ । निजको निहित स्वार्थका कारण हजारौं जनताले पाउनु पर्ने औषधीको सुबिधा ओझेलमा परेको छ ।

यस बिषयमा नारायणी अस्पतालाका लेखा अधिकृत राजेन्द्र कर्ण सङ्ग पटक पटक सम्पर्क गर्न खोज्दा, सम्पर्कमा आउन चाहेन्न । उनी आफ्नो स्वार्थका कारण सेवाग्राही सङ्ग गर्दै आएको खेलवाडको बिषयमा पर्दाफास हुने डरले सम्पर्कमा आउन नसकेको अनुमान समेत गरिएको छ । लेखा अधिकृत कर्णको मोबाइल नम्बर ९८५१०५८१७१ नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा फोन समेत उठाउन चाहेन्न । यता नारायणी क्षेत्रीय अस्पतालका प्रमुख डा.बिरेन्द्र बहादुर प्रधानले अस्पताल भित्र औषधी नपाउनुले दुखेसो पोख्नु भयो । आफू माथी बिश्वास गरेर प्रमुख पदको जिम्मेवारी दिएपनी हालसम्म अस्पतालका कर्मचारीले गर्दा औषधी अभाव भएको स्विकार्नु भयो ।

उहाले आज सोमवारका दिन लिखित जवाफ सुदै आउने र जवाफ आइ सके पश्चात् आफ्नो अगाडीको कार्य अघि सार्ने बताउनु भयो । डा. प्रधानले नारायणी क्षेत्रीय अस्पताल भित्र आउने सेवाग्राहीहरूले छिट्टै औषधी समस्याबाट उनमुक्ती हुने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend