logo
  • शुक्रबार, असोज ९ २०८३

एमालेद्वारा जनबर्गिय सङ्गठनको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भट्टराई, गुल्मी फागुन १।
नेकपा एमाले मुसिकोट नगरपालिका वार्ड नं २ वडा कमिटिको आयोजनामा जनबर्गिय सङ्गठनको भेला मुसिकोट देउरालिमा सम्पन्न भएको छ । नेकपा एमाले नगर कमिटिको कार्यक्रम अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको वडा कमिटिले जनाएको छ।सङ्गठनलाइ सुदृढ गर्दै जनताको माझ पार्टिका कार्यक्रम परिचालन गरि आगामी निर्वाचनमा अग्र स्थानको लागि सबै वडामा पार्टी सङ्गठनलाइ क्रियाशिल गरिएको नगरकमिटिले जानकारी दिएको छ।
कार्यक्रमबाट वार्ड नं २ मा युवा संघ नेपाल र अखिल नेपाल महिला संघको पुनर्गठन गरिएको छ।कार्यक्रममा बोल्दै जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरकमिटी इन्चार्ज जीवन खरेलले पुनर्गठित जनबर्गिय सङ्गठनका पदाधिकारीलाई पार्टिमा जिम्मेवार बनेर लाग्न अनुरोध गर्नुभयो।
कार्यक्रमबाट सागर नेपालिको अध्यक्षतामा युवा संघ नेपाल मुसिकोट २ नं वडा कमिटिको पुनर्गठन गरि जगत अधिकारीलाई इन्चार्जको भुमिका दिइएको छ।यस्तै राधिका घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला संघको पुनर्गठन गरि कोपिला घिमिरेलाइ इन्चार्जको भुमिका दिइएको छ।

त्यसैगरी बम बहादुर नेपालिको अध्यक्षतामा उत्पीडित दलित मुक्ती वडाकमिटिको पुनर्गठन गरि शिव बहादुर नेपालिलाइ इन्चार्जको भुमिका दिइएको छ।

कार्यक्रममा जिल्ल कमिटी सदस्य तथा नगर कमिटी इन्चार्ज जीवन खरेल,वडाध्यक्ष लक्ष्मण खत्री ,वडा कमिटी अध्यक्ष हरि कुवंर,पुर्व वडा कमिटी अध्यक्ष मदनदीप घिमिरे,नगरकमिटी सदस्यहरु:ध्रुव पछाइ,बाबुराम खत्री ,कोपिला घिमिरे ,शिव बहादुर नेपाली,कल्पना पन्थी घिमिरे,संगै अखिल नेपाल महिला संघ नगर कमिटी अध्यक्ष गंगा श्रेष्ठ सचिव साबित्रा बिष्ट ,युवा संघ नेपाल नगर कमिटी उपाध्यक्ष सुरज नेपाली कार्यपालिका सदस्य गोबिन्द बहादुर नेपाली लगाएतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend