साझा नेटवर्क
यमलाल भुसाल, बुटवल माघ २९ ।
भौतिक रुपमा मरेर गएपनि सर्दा सर्वदा बाच्ने गरी जानु भएका खेमराज पुन आफु वाच्ने र अरुलाई बचाउने उहाँको जिवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाच्नेहरुको सुचीमा पुनलाई लिनसकिन्छ ।
उहाँले समाज सेवामा गरेको योगदानको चर्चा गर्ने हो भने उहाँले प्रत्यक्ष रुपमा १ करोड ३२ लाख रुपैयाको खेमओमी पुन कल्याणकारी प्रतिष्ठान संचालन गरी खान र पढन नपाएका गरीबहरुको अभिभावक वन्नु भएका पुनको ५९ वर्षको उम्मेरमा ज्यान गएकोमा अधिकांसका आखां ओभाएका छैनन् ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीका संस्थापक तथा जेष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ का अध्यक्ष तिनै पुनको सम्झनाको आज ५ औ दिनको पुन्य तिथीमा विभिन्न ४ वटा सामाजिक संस्थाले सामुहिक रुपमा श्रद्धाञ्जली समारोह गरी सम्झना गरेका छन ।
गुल्मेली सम्र्पक समाज रुपन्देही , श्रृगेश्वर धाम तिलोत्तमा ४ , जेष्ठ नागरिक मिलन केन्द्र र रेसुङा अलौकिक सहकारी संस्थाले सामुहिक रुपमा यस क्षेत्रका प्रेणाका सोत्तले चिनिनु हुने पुन भौतिक रुपमा नरहेता पनि उहाँको योगदान र चाहाना भावनाहरुलाई समाजले पुरा गर्ने प्रतिवद्धता गुल्मेली सम्र्पक समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थले बताउनु भयो ।
खेमओमी पुन कल्याणकारी प्रतिष्ठानका संरक्षक , औषधी व्यवसायी संघ लगायत दर्जन बढी संघ संस्थामा आवद्ध पुनले समाजमा गरेको सामाजिक योगदानलाई हुने खानेहरुले अनुसरण गर्न जरुरी छ ।
विसं २०१९ साल मंसिर १७ गते गुल्मीको भार्सेमा जन्मीनु भएको पुन बुटवलका सफल औषधि व्यवसायीका रुपमा समेत चिरपरिचित रहेको धामका सचिव केशवराज पोखरेलले बताउनु भयोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend