logo
  • आइतबार, असोज ११ २०८३

लोसपा कपिलवस्तुको ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु माघ २९ ।
लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तु जिल्लामा कार्यसमिति गठन गरेको छ । शुक्रबार बसेको लोसपा कपिलवस्तुको बैठकले कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरिको अध्यक्षता र लोसपाको जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरीको रोहबरमा ३५ सदस्यीय समिति गठन गरेको हो ।

उपाध्यक्षमा शिवकुमार गुप्ता, चिन्नीलाल विश्वकर्मा, शिव भक्त ठाकुर, दीपेंद्र नाथ शुक्ल, सलीम मुशलमान, सर्बजीत चौधरी, अब्दुल खान र सचिवमा रजनीश पाण्डेय, सहसचिवमा आमिर हम्जा मुशलमान, राजमती यादव, कोषाध्याक्षमा मन्जु मिश्रा, सहकोषाध्याक्षमा सन्नो अग्रहरि लगायत ३५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend