logo
  • आइतबार, असोज ११ २०८३

राष्ट्रसेवाको त्यो सपना….

गुल्मेली मधु जो मृगौलाको समस्यासँगै भिड्दै छन्


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

 

टोपलाल अर्याल
गुल्मी, २७ माघ ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडका २२ बर्षीय मधु खत्री दुवै मृगौला फेल भएपछि शारिरीक पीडासंगै आर्थिक संकटमा परेका छन् । राष्ट्रसेवाको सपना बोकेर ट्राफिक प्रहरीमा प्रवेश भर्खरै दुई बर्ष पुगेका छन् । गत असारमा बिहे गरेका थिए । काँधमा देश र परिवारको कर्तव्य । त्योसंगै हुर्किदै गरेको जोडी र माया । दम्पतीसँग उमेर र परिस्थीति अनुसारका कैयन योजना थिए होलान । दैव निष्ठुरी बन्यो । उनलाई बिहे गरेकै दुई महिनामा ठुलो स्वास्थ्य समस्या देखियो ।

खत्री काठमाण्डौ स्थित वग्गीखानामा कार्यरत थिए । पिसाबमा केहि समस्या आएपछि परीक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । शरिर मात्रै कम्जोर भएन । सपनामा समेत चोट प¥यो । तर, सामना नगर्नुको अर्को विकल्प देखिएन । देशद्रोहीसँग लड्ने सपना बोकेका खत्री बिगत पाँच महिनादेखि रोग र पीडासँग मात्रै लडेका छैनन । आर्थिक जोहो नभए कतै ज्याननै तलमाथि होला की भनेर सहयोग संकलनमा पनि जुटेका छन् ।

सामान्य परिवारका खत्री । जसलाई जटिल स्वास्थ्य समस्या देखियो । मधुका दुवै मृगौला फेल भएपछि परिवार पीडाले बिक्षिप्त भएको छ । अहिले ५८ बर्षीय बुबा प्रेम बहादुर खत्री छोरालाई मृगौला दिने योजनामा छन् । ‘बुबाले मृगौला दिने गरेर सवै परिक्षण गरिरहेका छौ । केहि परिक्षणका रिर्पोट आउन बाँकी छ,’उनले भने,‘भगवानको कृपाले बुबाकै राख्न पाए खर्च कम हुन्थ्यो ।’ उनले केहि उपचार प्रहरी अस्पतालमा गरे । तर, अबका उपचार आफैले गर्नुपर्ने छ । अस्पतालले प्रत्यारोपण गर्ने बेलासम्म करिव १५ लाखको जोहो गर्न आग्रह गरेको खत्रीले बताए । राष्ट्रसेवकको पनि उपचार सरकारले गर्दैन । उनको घरखेत गरे पनि १५ लाख पुग्दैन् । मधुले प्रहरी युनिटहरु र केहि साथीसंगीहरुले अभियान संचालन गरिरहेकाले सवैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

‘अहिले मैले देखेको सपनाभन्दा बाँच्ने कुरा ठुलो रह्यो । सरकारले केहि गर्दैन रे इष्टमित्रहरुको आर्शिवाद र सहयोग पाए बाँच्ने हो,’उनले भने,‘गुन फर्काउन सकौला वा नसकौला कृपया सहयोग गर्नुहोला ।’ मधु खत्रीको राष्ट्रिय बाणिज्य बैंकको खाता नं ३१००१००००१२८८१०४ मा सहयोग गर्न सकिने छ । सम्पर्क नम्बर ९८४०५८४९१० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend