logo
  • आइतबार, असोज ११ २०८३

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध बरामद


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

 

बारा, २६ माघ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको हो ।

सूचना पाउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलवार राती करिब १०ः३० बजेको समयमा खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो ।

बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । विशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend