साझा नेटवर्क
किरण अधिकारी,बुटवल, २१ माघ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा स्थानी घर भै बिभिन्न पेशा व्यवसाय र अध्ययन गर्दै रूपन्देही जिल्लामा बसोबास गर्नुहुने नेपाली कांग्रेसमा आबद्ध क्रियाशिल सदस्यहरू लाई गोलवन्द गर्ने उद्देश्यका साथ इस्मा रूपन्देही सम्पर्क समिति गठन गरिएको हो।

साथै नेकपा एमाले लाई परित्याग गरी नेपाली कांग्रेसको चार तारे झण्डा मुनि गोलवन्द हुन आउने १ दर्जन भन्दा बढी हस्तीहरु लाई कांग्रेसमा स्वागत गरिएको हो। रूपन्देही जिल्लामा रहनुहुने सम्पूर्ण इस्मा वासीहरुका समस्याहरु लगायत नेकपा एमाले ले भष्ट्राचारको अखडा बनाएको इस्माको इतिहास लाई आगामी चुनाव बाट बदल्ने , अठोट साथ अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति खिलध्वज पन्थी ले। कार्यक्रमलाई सम्बोधन गर्दै, पन्थी ले नेपाली कांग्रेस यो देश को मेरूदण्ड हो भन्ने कुरा आम जनमानसमा छाएको छ। नेकपा एमालेको राज्य सञ्चालन गर्ने शैलीबाट आम सर्वसाधारण नागरिक दिक्क भैसकेको अवस्था छ। जनताले दिएको अभिमत को सदुपयोग गर्न नसक्ने जुन जनताले अभिमत दिए तिनै जनताको खुट्टा मा बन्चरो हान्ने पार्टी नेकपा एमाले भएको उनले बताए। अब समय आएको छ नेकपा एमाले को दादागिरी लाई लगाम लगाउने बेला, त्यसैले नेकपा एमाले लाई लगाम लगाउने पार्टी भनेकै अहिले को अवस्थामा नेपाली कांग्रेस नै भएको हुँदा सबै जनसमुदायले नेपाली कांग्रेस लाई साथ दिनका लागि आग्रह गरेका थिए।
नेकपा एमाले ले गर्दै आएको भष्ट्राचार र बेथिति बाट आर्जीत इस्मा बासीहरु लाई साथ दिनका लागि नेपाली कांग्रेस नविनतम ढंगबाट आएको छ,। त्यसैले अब नेपाली कांग्रेस लाई साथ दिदै एमालेका झुटा आश्वासन हरू माथि विश्वास नगर्न आग्रह गरेका थिए । एमालेका आश्वासन माथी विश्वास गर्ने आधारहरु सकिएको हुँदा अब तिनै एमाले माथि प्रश्न गर्न बेला आएको हो। अब घर घरमा भोट माग्न आउने एमाले हरू लाई अघिल्लो चुनाव देखिको इतिहासलाई पल्टाएर देखाइदिन र , भोट माग्न आउने हरूलाई बिगतमा एमाले दिएको चोट को भरपाई खोज्दै त्यही भोटको माध्यमबाट नै बदला ल्याउदै , नेकपा एमाले को अहमता लाई ब्रक लगाउने बेला आएको छ। पटक पटक देखियो कम्युनिष्ट हरूको राज्य सञ्चालन गर्ने तरिकाबाट त्यसैबाट सबैलाई स्पष्ट भएको छ ,। अब यो देश मा नेपाली कांग्रेसको बहुमत वाला सरकार आवश्यक भएको हुँदा यो पटक नेपाली कांग्रेस लाई सबै ले साथ दिनका लागि आग्रह गरेका थिए।
नेपाली कांग्रेस इस्मा रूपन्देही सम्पर्क समिति को सभापति मा कृष्ण जिसी चयन भएका छन । उनका अनुसार इस्मा रूपन्देही सम्पर्क समिति मा नेपाली कांग्रेस आबद्ध अन्य साथिहरु लाई जोड्दै लैजाने र रूपन्देही जिल्लामा बसोबास गर्ने सम्पुर्ण इस्मा बासी लाई अभिभावकत्व प्रदान गर्ने मुख्य उद्देश्य रहेको र आगामी चुनावमा नेपाली कांग्रेस लाई इस्मा बाट विजयी गराउने मुख्य लक्ष्यका साथ आगामी दिनहरुमा गृहकार्य सुरु गर्ने र अन्य दलबाट नेपाली कांग्रेसमा आबद्ध हुन चाहाने सबैलाई नेपाली कांग्रेस ले न्यानो आथित्यता प्रदान गर्न उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु चन्द्र बहादुर महत, झविन्द्र अर्याल, चुरा बहादुर खत्री, महेन्द्र भण्डारी, प्रेम भण्डारी, केशव कुवंर, लगायत नेताहरुले कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियो, भने दर्जनौं नेता तथा सयौ कार्यकर्ता हरूको उपस्थिति रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend