logo
  • शनिबार, साउन ३० २०८३

रेसुङ्गा नगरमा वडामै आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री
२० माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१ मा तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ गरिएको छ । वडावासीलाई वडा स्तरमा आधारभूत सेवा प्रदान गर्ने उदेश्यले सेवा विस्तार गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालले बताए ।

तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरेका हुन् । नगर प्रमुख भुसाल सहित अन्य सेवा ग्रहीको ब्लडप्रेसर नाप जाँच गरेर सेवा शुभारम्भ गरिएको हो ।

स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले सानो सानो सेवा लिन पनि अस्पतालमा गएर घण्टौं कुर्नुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापन गरेको बताए । उनले नागरिकलाई घरदैलोमै सेवा दिन अधिकत्तम प्रयास नगरपालिकाले गरेको उल्लेख गरे ।

सामान्य बिरामी पर्दा अस्पतालमा जाँच गर्ने बृद्ध तथा जेष्ट नागरिकलाई सहज हुने स्वास्थ्य शाखा संयोजक अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend