logo
  • आइतबार, असोज ११ २०८३

बुबाको मृत्युपछि छोराको बिजोक


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ १८।
गुल्मी दरवार गाउँपालिका ३ राजाका २० बर्षीय आशिष सुर्यवंशी पाँच महिना अघि भारत गए । तीन महिनादेखि हैदरवादको होटलमा काम गर्थे । गएको ९ गते काम गर्नेक्रममा ग्यास लिग भएपछि गम्भिर घाइते भए । आशिषका खुट्टा र हातमा गम्भिर चोट छ ।

उनी अहिले अस्पतालमा आर्थिक अभावको कारण छटपटाइरहेका छन् । परिवारको आर्थिक अवस्था राम्रो नभएपछि आमा सीता सुर्यवंशी गाउँ र भारतकै छिमेकीहरुसंग हारगुहार गरिरहेकी छन् । अस्पतालका चिकित्सकहरुले आशिषको समयमै उपचार नभए हात खुट्टा गुम्ने जोेखिम रहेको बताएका छन् । कमाउन गएका उनै आशिष हुन् ।

गाउँकी एकल आमासंग कुनै आर्थिक श्रोत छैन् । मेलापात गरेर बिहान–बेलुकाको जोहो गरेकी छन् । कतै आर्थिक अभावको कारण छोरा गुम्ने स्थिती आउने होकी भनेर मन पीडा र आँखाभरी आसु बोकेर चन्दा संकलनमा लागेको आशिषकी आमाले गुुनासो गरिन् ।

परिवारको गर्जो टार्न परदेश

आशिष सुर्यवंशी परिवारका जेठा छोरा हुन् । बुबा दिल बहादुर सुर्यवंशीको चार बर्ष पहिले मृत्यु भयो । एकल आमासंग आर्थिक बोझ र परिवारको व्यावस्थापन निकै चुनौति थियो । गाउँमा अ‍ैचोपैचो र अर्मपर्म गरेर सिताले घर परिवार चलाउन मुस्किल परेपछि आशिष भारत पसेका थिए । पहिले बुबाले पनि भारतमै काम गर्थे । गाउँ आएर पनि सासै आर्थिक समृद्धि भएन् । पछि हृदयघातको कारण ज्यान गयो । परिवारको मुल खम्बानै ढलेपछि आमा सीता र छोरा आशिषसंग परिवारको भारी थपियो । ‘छोरा निकै सज्जन थियो ।

बाबुको मृत्युपछि आर्थिक अवस्था नभएरै घर सल्लाहमा भारत गएको हो,’आमाले भनिन,‘निष्ठुरी दैवले गरिवलाईनै देख्ने रहेछ ।’ सीताले सवैले सहयोग गरेर छोरालाई बचाईदिन आग्रह गरिन् । उनले आर्थिक अवस्था राम्रो नभएकाले क्रृण दिनेहरु पनि नभएकाले चन्दा उठाउँदै गाउँ डुल्ने अवस्था आएको गुनासो गरिन् । अहिलेसम्म ५० हजार भारतीय रकम खर्च भइसकेको छ । होटल साहुले एक रुपैयाँ सहयोग नगरेकाले आफैलाई झन ठुलो आर्थिक समस्या परेको सुर्यवंशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend