logo
  • आइतबार, असोज ११ २०८३

सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा पराल्मीका विक परिवारलाई मृत्यु दावी भुक्तानी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल,गुल्मी माघ १६ ।

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नं. १४ का लोक बहादुर विकको परिवारलाई एक लाख १२ हजार नौ सय रुपैयाँ हस्तान्तरण गरेको छ । विमांक एक लाख र आर्जित बोनस वापतको रकम बाह्र हजार नौ सय मृत्यु दावी भुक्तानी गरेको हो ।लोक बहादुरले सन नेपाल लाईफ गुल्मी शाखामा दुई वर्ष अघि एक लाख विमांकको नवीन आजीवन बीमा पोलिसी गरेका थिए । केहि समय अघि कृषि कर्म गर्दै आइरहेका विकको घरमै अचानक मृत्यु भयो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्वर्गीय लोक बहादुर विकको श्रीमती सावित्रा विकलाई एक घरमै पुगेर प्रदान गरेको शाखा प्रबन्धक सन्तोष कुवंर क्षेत्रीले जानकारी दिए । सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ सालमा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ सुरुदेखि नै प्रतिबद्ध रहेको क्षेत्रीले बताए । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

मृत्यु दावि भुक्तानीको लागि घरमै पुगेको कम्पनीको टोलीलाई वडा सदस्य भविश्वर गौतमले सहज तरिकाबाट विमितलाई मृत्यु दावी भुक्तानी दिएको भन्दै प्रसंसा गरे । प्रबन्धक क्षेत्रीले आम नागरिकले जीवन बीमाको महत्व समयमानै बुझेर जीवन बीमा गराएमा बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५÷२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव दिए ।

केहि समय अघि कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं. ३ का धन बहादुर झाँक्रीको परिवारलाई विमांक १० लाख, किरिया र अन्य खर्च वापतको एक लाख गरेर ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको थियो । झाँक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत थिए । उनको गत बैशाखमा घर आएको बेला (ऋबचमष्य–एगmियलबचथ बचचभकत) बाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend