साझा नेटवर्क
कपिलवस्तु , १३, माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका निर्भय सिंहले आउने स्थानीय चुनावमा वडा नं ९ बाट वडा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । सिंह लामो समय देखि वडाको जनताको बीचमा रही जनताको सुख दुःखमा सहभागी हुदै आएका छन्।
सिंहले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसी को मन जित्ने बताउनुभयो । सिंहले कोरोना कालमा बिरामीहरु को बीचमा रहि ऑक्सीजन सीयलेंडरको व्यवस्था लगायत कृष्णनगरमा फैलिएको झाड़ा पखाला को बिरामीहरु संग पनि सुख दुखको साथी समेत बनेका थिए ।
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend