logo
  • आइतबार, असोज ११ २०८३

आगलागीबाट ३२ लाखकाे क्षति


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी माघ १२ ।
गुल्मीको धुर्काेट गाउँपालिका -४ बर्बाेटमा आगलागी भएको छ । गएराति एक बजेकाे समयमा बिन्दु बस्नेतकाे फेन्सि पसल र गाेमा भण्डारीकाे चिया-नास्ता बनाउने पसलमा आगलागी भएको हाे ।

आगाेलागीबाट कुनै मानविय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । आगलागीबाट कुल ३२ लाखकाे क्षति भएको धुर्काेट प्रहरी चाैकी, वस्तुका प्रमुख लाेकमान ताम्राकारले बताए ।

वस्तु प्रहरी चाैकी एवम् स्थानीयकाे सहयाेगमा करिब एक घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे । आगाे कसले र किन एवम् कसरी लाग्याे भन्ने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend