logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी माघ ७ ।
गुल्मी जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्याएलय गुल्मीले सूचना जारी गर्दै शुक्रवार (आज)बाट जिल्लाभित्र सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट प्रवाह हुने सेवा लिनको लागि खोपकार्ड अनिवार्य गरिएको (मोबाइलमा फोटो भएपनि हुने गैरेले बताए । कार्यालयबाट प्रवाह हुने सेवा लिन आवेदन गर्नको लागि प्रत्येक दिन १ः बजेम्मको समय निर्धारण गरिएको छ ।

सो समय पश्चात आवेदन संकलन नगरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संक्रमण दर दैनिक तिब्र गतिमा बढदै गएको छ ।हाल जिल्लामा १९४ जना सक्रिया संक्रमित रहेका छन् । दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ९७ जनाको मृत्यु भएको छ ।

संक्रमणलाई मध्य जनर राखेर जिल्लामा २५ जनाभन्दा बढी भेला हुन र मेला महोत्सव गर्नमा जिल्ला प्रशासन कार्यालय गुल्मीले रोक लगाएको छ । जिल्लामा कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या १ लाख ३५ हजार ६४६ रहेको छ ।
दोस्रो मात्राको खोप लगाएको संख्या ६२ हजार २४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend