logo
  • आइतबार, असोज ११ २०८३

लुम्बिनी प्रदेश मन्त्री रानाद्वारा गुल्मी अस्पतालकाे अनुगमन, काेभिड नियन्त्रण गर्न निर्देशन 


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा
गुल्मी, ०३ माघ ।
 लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालकाे अनुगमन गरेका छन् । साेमबार विभिन्न कार्यक्रममा सहभागी हुनकाे लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेकाे अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालकाे अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले समग्र अस्पतालकाे सम्बन्धमा जानकारी गराएका थिए । गुल्मी अस्पतालमा सामाजिक सेवा इकाई मार्फत असहाय गरिबको लागि सेवा भइरहेको  पनि पच्याले जानकारी गराए । बिशेषज्ञ डाक्टरकाे अभाव भएकोले यसमा ध्यान दिन मन्त्री रानालाई डाक्टर पच्याले आग्रह गरे ।
आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।   निर्माणधिन गुल्मी अस्पतालकाे २० प्रतिशत भाैतिक काम सकिएको पनि मन्त्री रानालाई जानकारी गराइएको छ । उक्त अस्पताल ताेकिएकाे समयमा निर्माण सम्पन्न गर्न मन्त्री रानाले निर्देशन दिए । उक्त अस्पताल  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतकाे जिल्ला आयोजना इकाई पाल्पामार्फत  स्वच्छन्द बानियाँ जेभीले काम गरिरहेकाे छ ।
मन्त्री रानाले बढ्दाे काेभिड संक्रमणलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्न अस्पताललाई निर्देशन दिए । ‘काेभिड संक्रमण बढ्दै गएको छ ।’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रानाले भने, “काेभिडकाे संक्रमण व्यापक रुपमा फैलिन नदिन तयारी गरिहाल्नुस् ।” उनले गुल्मी अस्पताललाई बिरामी उपचारको लागि आउँदा झन् बिरामी हुने बाताबरण भएको भन्दै  स्वच्छ, सफा र आनन्दमय बाताबरण बनाउन आग्रह गरेका थिए ।  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राना लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बिशेष गरी गुल्मी अस्पतालकाे अनुगमन गर्न गुल्मी आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend