logo
  • आइतबार, असोज ११ २०८३

छत्रकोटमा सङ्घीय सरकारले घोषणा गरे अनुरुपको तलब भत्ता उपलब्ध


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

२९ पुस, गुल्मी । नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गुल्मीले गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा हाल सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र कार्यालय सहयोगीहरुले लामो समयदेखि न्यूनतम तलवमा सेवा गर्दै आएको सर्वविधित नै भएको उल्लेख गरिएको छ । आ.व.०७८।०७९ को बजेटमा माननीय अर्थमन्त्री ज्यूबाट बजेट भाषण मार्फत सङ्घीय सरकारले मासिक रु ८ हजार र स्थानीय सरकार मार्फत रु ७ हजार भुकानी गर्ने गरी मासिक रु.१५ हजार घोषणा गर्नुभएको कुरा सर्वत्र जानकारीमा नै रहेको छ ।

छत्रकोट गाउँपालिकाले अन्यत्र गाउँपालिकामा तलब वृद्धि नगर्दा पनि अगावै रु ४हजार समान रुपमा तलव वृद्धि गरेकोमा हाम्रो संगठनले सकारात्मक रुपमा लिएको छ । तर हाल सबै स्थानीय तहहरुले सङ्घीय सरकारको बजेटमा दिएको आदेश अनुसार तलब भुक्तानी भइरहेको सन्दर्भमा यस गाउँपालिकाले आ.व. २०७८÷०७९ को गाउपालिकाको नीति तथा कार्यक्रममा समेट्न नसकेको प्रति हाम्रो सङगठनको ध्यान आकर्षण भएको छ ।

तसर्थ तत्काल सड़घीय सरकारले घोषणा गरे अनुरुपको तलब भत्ता उपलब्ध गराइयोस भनि यो ज्ञापन पत्र पेश गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend