logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिकाको नगरसभा एवम् कर्मचारी सम्मान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, पौष २९ गते ।
रेसुङ्गा नगरपालिका गुल्मीको अन्तिम नगरसभा सपन्न भएको छ । नगरपालिका प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा सपन्न उक्त नगर सभाले नगरको विकासात्मक तथा प्रशासनिक गतिविधि सञ्चालन र कोभिड–१९ को रोकथाम एवम् नियन्त्रणमा अहोरात्र खटिएर योगदान पु¥याएकोमा कर्मचारीहरुलाई सम्मान गरेको थियो ।
नगरउपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, सम्पुर्ण कार्यापालिका सदस्य एवम् सभासदहरु, सम्पुर्ण जनप्रतिनिधिहरु नगरपालिकाका १४ओटै वडा र नगरपालिकामा कार्यरत कर्मचारीहरु र पत्रकारहरुको उपस्थितिमा सम्पन्न उक्त नगरसभामा नगरप्रमुख डिल्लीराज भुसालले विगत चार वर्ष देखि आ.व ०७८/७९ पौष सम्म भएगरेका कार्यप्रगति विवरण पेश गर्नुभएको थियो ।


नगरप्रमुख भुसालले प्रस्ततु गरेको विवरणको सम्पादित अंशः
यस रेसुङ्गा नगरपालिकाको गरिमामय नगरसभामा उपस्थित उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरू, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, यस नगरपालिका अन्तर्गतका विभिन्न समिति तथा उप–समितिका संयोजक तथा सदस्यज्यूहरू, लेखा समितिका संयोजक तथा सदस्यहरू, सञ्चारकर्मी तथा पत्रकार मित्रहरू, साथै यस नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू तथा उपस्थित महानुभावज्यूहरूमा न्यानो अभिवादन ज्ञापन गर्दछु ।

रेसुङ्गा नगरपलिकाको प्रमुखको हैसियतले यस सम्मानित सभासमक्ष प्रगति प्रतिवेदन कार्यकालको हिसावले अन्तिम पटक वाचन गर्दैछु । यस अवसरमा राजनीतिक परिवर्तनका लागि बलिदान गर्नु हुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्वाञ्जलि व्यक्त गर्दछु । राष्ट्रिय–स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र सम्वृद्धिका लागि संघर्ष गर्नु हुने महान नेपाली नागरिकप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, हामीहरूले स्वीकृत गरेका ऐन, कार्यविधि, मापदण्ड तथा नीतिले परिकल्पना गरेका समग्र विकासात्मक तथा प्रशासनिक कार्य सञ्चालन र यसबाट प्राप्त समावेशी सन्तुलित उपलब्धि जनता सामु पु¥याउन सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिहरू, पत्रकार, नागरिक समाज एवं कर्मचारीहरू सबैमा आभार व्यक्त गर्दछ्ु ।

सभासदज्यूहरू, नेपालको संविधानले परिकल्पना गरेको संघीयताको माध्यमबाट संघ, प्रदेश तथा स्थानीय तहबाट राष्ट्रको शासन प्रशासन चलेको छ । शासन, जनताले देख्ने महशुस गर्ने तथा सहभागी हुने हुनुपर्छ । शासन शरिर हो भने शरिरमा सुन्दरता थप्ने काम शुसासनको हो । पहिलो जनप्रतिनिधिको हैसियतमा हामीले गरेका विकासात्मक तथा प्रशासनिक कार्यहरु घाम जस्तै छर्लङ्ग छन् ।

सभासदज्यूहरू, विकास उन्नति प्रगति र समुन्नतिकोे सूचक हो । हामीले हाम्रो रेसुङ्गा राम्रो रेसुङ्गा, सुखी रेसुङ्गा खुसी रेसुङ्गा भन्ने मूल नाराकासाथ विगत चारवर्षदेखि निरन्तर विकास कार्यमा लागि रहेका छौ भने हाम्रो बाँकी कार्यकालमा पनि यसैगरी काम गर्न कटिवद्ध छौ । विकासका विभिन्न मोडलमध्ये ठाउँमा ल्याउने परिवर्तन(Place change) मानिसमा ल्याउने परिवर्तन (People change) र उद्देश्यमा ल्याउने परिवर्तन (Propose change)  अर्थात् विकास भनेको स्थान, जनताहरु र समग्र उद्देश्यमा ल्याउने सकारात्मक परिवर्तन हो । केही काल खण्डमा place, केही कालखण्डमा People र केही काल खण्डमा Propse केन्द्रित विकास भएतापनि हाल 3P विकासको शुरुवात भएको छ । हामी रेसुङ्गा नगरपालिकामा 3P

मोडल केन्द्रित विकास निर्माण सञ्चालन गर्दै आइरहेका छौं ।
सभासदज्यूहरू, रेसुङ्गा नगरपालिकामा विगत चार वर्षमा नगरपालिकाले हासिल गरेका विकासात्मक तथा प्रशासनिक उपलब्धिहरु प्रस्तुत गर्दछु ।
क) आर्थिक विकासतर्फ
१) कृषि, पशु, सुन्तला, तरकारी महुरीजस्ता पकेट क्षेत्र विस्तार ।
२) कृषि तथा पशु उपज संकलन केन्द्र निर्माण र सञ्चालन
३) पर्यटन पूर्वाधार निर्माण
 रेसुङ्गा क्षेत्रमा सडक, सिढी, मन्दिरको जीर्णोद्वार लगायत पूर्वाधार निर्माण,
 अर्जुन क्षेत्रमा सडक, मन्दिर जीर्णोद्वार, सेल्फी टावर लगायत पूर्वाधार निर्माण,
 उनाय चौरमा सडक, ट्री हाउस, खेलमैदान मन्दिर जीर्णोद्वार लगायत पूर्वाधार निर्माण,
 जोगीथुम भगवती मन्दिर लगायत पूर्वाधार निर्माण,
 विभिन्न वडा जस्तै १, २, ४, ५, ६, ८, ९, १०, १२ र १४ मा मन्दिर जीर्णोद्वार,
 पर्यटन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको सयुक्त लगानीमा गर्जुरा रेसुङ्गा पर्यटन पार्कको निर्माणको शुरुवात,
 सिमीचौर एयरपोर्ट निर्माणको अन्तिम चरणमा
४. उद्योग-तालिम तर्फ ः सीप विकास तालिम ५०० जना, लघु उद्यम तालिम, १५० जना, प्लम्वर तालिम १९ जना, पशुस्वास्थ्य कार्यकर्ता तालिम १८ जना, सवै वडामा विभिन्न सीप विकास तालिम १००० जनाले प्राप्त गरेका छन् । यस तालिमबाट करिव १७०० जना लाभान्वित भएका छन् ।

ख) सामाजिक विकासतर्फ
१. सामाजिक विकास अन्तगत शिक्षातर्फः विभिन्न विद्यालयका २१ वटा भवन जसमा ९५ कक्षा कोठा निर्माण, शौचालय १३ वटा, खेल मैदन ३ वटा, खानेपानी १० वटा र विद्यालयमा कम्पाउण्ड वाल ४ वटा निर्माण भएका छन् । सम्पूर्ण मा.वि. र नि.मा.वि.मा क्ष्ऋत् कक्षा निर्माण भएका छन् ।

२. स्वास्थ्यतर्फः आधारभूत स्वास्थ्य सेवा केन्द्र ७ वटा, शहरी स्वास्थ्य केन्द्र २ वटा निर्माण भई नियमित सञ्चालनमा रहेका छन् । सबै स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसारका जनशक्ति र औषधिको यथोचित व्यवस्था मिलाइएको छ । कोभिड खोप अभियान सञ्चालनमा छ । पहिलो कोभिड खोप लक्षित जनसंख्याको ९९ प्रतिशतले प्राप्त गरेका छन् । पूर्णखोप भने ६६ प्रतिशतले प्राप्त गरेका छन् । पहिलो पटक कोभिडको संक्रमणको बेला नगरपालिकासहित सबैवडामा क्वारेन्टाइन निर्माण, महेन्द्र मा.वि.मा आइसोलेशन निर्माण गरी सयौ नागरिकलाई सेवा प्रदान गरिएको थियो । नागरिकको सुविधालाई ध्यानमा अन्तरनिकायको समन्वयमा नगरपालिकाभित्र सायद नेपालमै पहिलो पटक कोभिड ल्याब सञ्चालन गरिएको थियो । कोभिडको रोकथाम र नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।

३. महिला वालबालिका शाखातर्फः अपाङ्ग परिचय पत्र वितरण २९४ जना, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ८६७ जना, हेयर कटिङ्ग तालिम १६ जना, उद्घोषण तालिम ५० जना, महिला सहकारीहरुका लागि संस्थागत तथा नेतृत्व विकासका तालिम २५ जना, जनचेतनमूलक कार्यक्रमहरु तथा लैंगिक हिंसा निवारण सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु प्रत्येक वडाहरुमा सञ्चालन गरिएका छन् । त्यसै गरी बालक्लव गठन तथा अभिमुखिकरण, किशोरी आत्मरक्षा तालिम, अपाङ्ग सहयोग तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।

 

ग) विपद्् तथा वातावरणतर्फ
सरकारी निजी कार्यक्रम मार्फत् फोहोर व्यवस्थापन, फोहोर प्रशोधन केन्द्र स्थापनाको लागि पहल, फोहोर व्यवस्थापनको लागि जापानीज तथा अष्ट्रेलीयन भोलेन्टियरले केही समय काम गरी सहयोग पु¥याएका थिए । विभिन्न टोल विकास समिति गठन भएको छ । घम् पार्क निर्माण, उपल्लो तम्घास बाल उद्यान निर्माण र उनायचौरमा खेल मैदान निर्माण भएको छ । विभिन्न वडामा १५ वटा, पोखरी निर्माण, भू—क्षयको लागि तारजाली वितरण, विपदमा परेको नागरिकलाई जस्तापाता तथा त्रिपाल वितरण गर्दा ४६५ घरधुरी लाभान्वित भएका छन् । आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना, नपाको संवेदनशील क्षेत्र नक्शाङ्कन र पहिरोबाट क्षति भएका ३६ घरहरु निर्माणको प्रक्रियामा रहेका छन् ।

घ) भौतिक पूर्वाधार विकासतर्फ
सडकतर्फः सवै वडामा सडक सञ्जाल पुगेको छ । यस अवधिमा पीच सडक १५ कि.मी., ग्रावेल सडक १५० कि.मी., कच्ची सडक १५० कि.मी., सडकढलान ५ कि.मी., सडक स्तरोन्नति ७५० कि.मी. निर्माण भएको छ र विद्युतको सब स्टेशन उनायचौरमा सबस्टेशन निर्माण भैरहेको छ । विपन्न परिवारलाई आवास सुरक्षित आबास निर्माण पाल्पाबाट ३५ घर, भैरहवाबाट ४० घर, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रबाट ७ घर निर्माण भएका छन् । त्यसै गरी खरको छाना मुक्त गराउन ९६५ जनालाइ जस्ता पाता वितरण गरिएको छ । अव नगरपालिकालाई खरका छाना मुक्त नगरपालिका घोषणाको तयारी चरणमा रहेको छ । त्यसैगरी झोलङ्गेपुल ३ वटा, पम्की पुल २ वटा र सामुदायिक भवन १० वटा निर्माण भएका छन् । एक वडा एक गौरवको योजना कार्यक्रमलाई निरन्तरता दिइएको छ । अन्तर निकाय समन्वय मार्फत् एयरपोर्ट निर्माणको अन्तिम चरणमा छ । तम्घास रेसुुङ्गा मोटरबाटो र तम्घास नेटा मोटरबाटो पक्की हुँदैछ । गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण, मज्याङ्ग खानेपानी योजना निर्माण तथा शहरी विकास कार्यालयबाट १० वटा सडक पीच, ग्राबेल तथा स्तरोन्नति भएका छन् । प्रदेश सरकारबाट २० वटा योजना (सडक, खानेपानी र भवन) सम्पन्न भएका छन् भने विद्यालय खेल मैदान र मन्दिर निर्माण क्षेत्रमा ठूलो सहयोग रकम भित्रिएको छ ।

ङ) मानव संसाधन विकासतर्फ
नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण तथा सेवा सञ्चालन, ११ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन, प्रविधिको आधारमा छिटो छरितो सेवा प्रवाह, ४१ वटा कानुन निर्माण, चौमासिक सार्वजनिक सुनुवाई, घुम्ति शिविर र प्रगति प्रतिवेदन निरन्तर सञ्चालन रहेका छन् । नगरपालिकाबाट तलब पाउने कर्मचारीहरुलाई कम्तिमा न्यूनतम पारिश्रमिक मासिक रु १५००० को व्यवस्था गरिएको छ । आन्तरिक आय ४२ लाखबाट १ करोड ५० लाख पुगेको छ । स्थानीय तह संस्थागत मूल्याङ्कनमा आ.व. ०७६÷७७ मा ७२.२५ प्रतिशत नतिजा आएकोमा आ.व. ०७७÷७८ मा समग्र प्रशासनिक र विकासात्मक गतिविधिलाई सुधार भै ७५ प्रतिशत भन्दामाथि नतिजा ल्याउन सफल भएका छौं । यो नतिजा उत्कृष्टको सूचक हो ।

सभासदज्यूहरू, अब म आ.व. ०७८-७९ को प्रथम चौमासिक प्रगति प्रतिवेदन पेश गर्न चाहान्छु । कुल बजेट ६१ करोड ९० हजार रहेको छ । हालसम्मको वित्तीय प्रगति २३% र भौतिक प्रगति ३७% भएको छ । १४० योजना सम्झौता भएको छ त्यसमध्ये ४० वटा योजना सम्पन्न भएका छन् । बोलपत्रबाट सम्झौता भएका योजना संख्या १८ वटा रहेका छन् । विभिन्न शाखाबाट कार्यक्रम सञ्चालन भैरहेका छन् । फाल्गुन मसान्तसम्म सबै योजना सम्पन्न गर्ने किसिमबाट कार्य भैरहेको छ । युनिसेफको आर्थिक सहयोगमा सिद्धार्थ सामुदायिक विकास केन्द्र्रको सहजीकरणमा १४ जना स्वयंसेवकले कार्य गरिरहेका छन् । सामाजिक सुरक्षातर्फ जेष्ठ नागरिक १५५६ जना, जेष्ठ दलित ३११ जना, जेष्ठ एकल महिला ४४२ जनाख विधवा ५३१, जना दलित बालबालिका ४९५, जना अपाङ्ग क वर्ग ५७ जना अपाङ्ग ख वर्ग १३६ जना गरी ३५२८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । युनिसेफको सहयोगमा दलित वालबालिका, अपाङ्ग क र ख वर्गले प्रतिपरिवारलाइ रु. १००००। वितरण गरिएको छ । त्यसैगरी युनिसेफकै आर्थिक तथा सिद्धार्थ सामुलायिम विकास केन्द्रको प्राविधक सहयोगमा पलम्वर, सेनेटरी प्याड र सावुन बनाउने तालिम दलित किशोरीहरु ३० जनाले प्राप्त गरेका छन् । यस वर्षमा सार्वजनिक सुनुवाई २ पटक, एकीकृत घुम्तिसेवा १ पटक, लघुउद्यम तालिम संख्या ७, कर्मचारी तालिम ४ पटक प्रदान गरिएको छ । त्सैगरी अपाङ्ग परिचय पत्र वितरण ५० जना, जेष्ठ नागरिक परिचय पत्र वितरण ७० जनालाई वितरण गरिएका छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नगरभित्रका ४२९ जनाले रोजगार प्राप्त गरे ।

न्यायिक सेवातर्फ ः सबै वडामा प्रति २ जनाका दरले मेलमिलापकर्ताहरुलाई ४८ घण्टे मेलमिलाप सम्बन्धी तालिम प्रदान गरिएको र हरेक वडामा ती २ जना मेलमिलापकर्ताहरुबाट उजुरीहरु मेलमिलाप गराएको रेकर्डबाट देखिन्छ । नगरपालिकामा आएका ४८ वटा उजुरीमध्ये ९० प्रतिशत उजुरीहरु फस्र्यौट भएकामा छन् जसमध्ये २ उजुरीमा पुनरावेदन परेको छ । सो मध्ये १ उजुरी जिल्ला अदालत र पुनारवेदन अदालत बुटवलले समेत न्यायिक समितिको फैसलालाई सदर गरिसेको छ र १ उजुरी जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

आर्थिक सुशासन कायम गर्दै विगत ४ वर्षमा ५ प्रतिशत बेरुजुबाट १.३ प्रतिशतमा झार्न सफल भएका छौ । यस कार्यालयमा क्रियाशील विषयगत शाखाहरुबाट नीति तथा कार्यक्रम अनुसारका स्वीकृत बजेट कार्यहरु निरन्तर अगाडि बढाइएको छ । यस आ.व. का सम्पूर्ण कार्यक्रम फाल्गुण मसान्तसम्म सम्पन्न गरी रेसुङ्गा नगरपालिकाको पाँच वर्षे कार्य प्रगतिको मापनको कार्य थालनी गर्ने योजना रहेको छ ।

सभासदज्यूहरू, विगतलाई स्मरण गरौं । के थियो ? वर्तमानमा क्रियाशील बनौं । के गर्ने ? कसले गर्ने ? हामीले नगरे कसले गर्ने ? भविष्यको लागि सुन्दर सपना देखौं । वर्तमानको प्रगति हेरेर विगत साढे चारवर्षमा हामीले गरेका विकासात्मक तथा प्रशासनिक तथा अन्य उपलब्धिहरुको सामुहिक रुपमा गर्वकासाथ नागरिकसमक्ष बजारीकरण गर्न सम्पूर्ण जनप्रतिनिधिहरुमा अनुरोध गर्दछु । जे जति उपलब्धि भएको छ, हाम्रो सामुहिक प्रयासबाट भएको छ । आगामी दिनमा प्राप्त उपलब्धिको रक्षा गर्दै भावी जनप्रतिनिधिहरुलाई काम गर्ने सहज वातावरण सिर्जना गर्ने दायित्व हाम्रो हो । यसैमा हामी सबै सामुहिक रूपमा क्रियाशील हुन हार्दिक अपिल गर्दछु ।

अन्त्यमाः रेसुङ्गा नगरपालिकाको सीमित स्रोत र साधन बावजुत केन्द्र र प्रदेशमा माग, समन्वय र सहकार्यमा धेरै योजना कार्यान्वयन भएका छन् । नगर आवधिक योजना निर्माणको चरणमा छ । स्थानीय पाठ्यक्रम निर्माणको चरणमा छ । छिटै विगत पाँच वर्षका उपलब्धि समेटी रेसुङ्गा दर्पण तथा वृत्तचित्र प्रकाशन गर्दैछौं । यी क्रियाकलापले अव आउने जनप्रतिनिधिलाई हामीलाई जस्तो अलमल पर्ने अवस्था हुने छैन । सबै क्षेत्रको आधारशिला खडा गरिएको छ । हालसम्म भएको विकासात्मक तथा प्रशासनिक गतिविधिमा सबैको साथ सहयोग प्राप्त छ । पुनश्चः हाम्रो कार्यकाल सफलपार्न सहयोग गर्ने माननीय संघीय सांसद, माननीय प्रदेश सांसद, राजनीतिक दल, कार्यापालिका सदस्य, नगरसभासद, प्रमुख प्रशासकीय अधिकृत लगायत समग्र कर्मचारीहरु, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सवैलाई धन्यबाद दिदै मेरो मन्तव्यलाई विटमार्ने अनुमति चाहान्छु । धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend