logo
  • आइतबार, असोज ११ २०८३

अर्गानिक तरकारी उत्पादनका लागि हेफर द्वारा नर्सरी निर्माण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई,गुल्मी पुष २८ ।                          मुसिकोट नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा जनबिकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्धम परियोजनाले अर्गानिक तरकारी उत्पादनको लागि नर्सरीको निर्माण गरेको छ ।परियोजनाले तरकारी उत्पादन पकेट क्षेत्र अन्तरगत मुसिकोट नगरपालिका ३ को धरमपानीमा नर्सरी निर्माण गरेको हो।निर्माण गरिएको नर्सरीमा बेमौसमी जातका विभिन्न छ थरिका बीउ रोपिएको संस्थाले जनाएको छ।धरमपानी महिला उद्धमी मुल समुहको समन्वयमा नर्सरी निर्माण गरिएको हो।जग्गा जमिन प्रसस्त हुदाहुदै पनि बजारका तरकारी किन्नुपर्ने बाध्यता र रासायनिक प्रबिधिबाट उत्पादित तरकारिले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकोले अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको महिला उद्धमी मुल समूहले जनाएको छ। यसअघि व्यावसायिक बाख्रापालनमा मुख्य रुपमा सहयोग गरेको संस्थाले अब बाख्रापालन सङ्गै अर्गानिक तरकारी उत्पादन गरि कृषकलाई आधुनिकखेती प्रणालीमा प्रोत्साहन गर्ने हेफर प्रोजेक्ट मुसिकोटका प्राबिधिक संयोजक तेजिन्द्र बहादुर महतले जानकारी दिनुभयो।नर्सरी निर्माण सङ्गै चालीस जना कृषकलाइ प्लास्टिक टनेल बितरण गरिएको छ।नर्सरिबाट उत्पादित बिरुवा यिनै चालिसजना कृषक सङ्गै स्थानीय इच्छुक कृषकलाइ बितरण गरि अर्गानिक तरकारी खेतिको सुरुवात गरिने संयोजक महतले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend