साझा नेटवर्क
२८ पुस, गुल्मी । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीको नवौँ अधिवेशबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

शनिबार तम्घासमा सम्पन्न अधिवेशले उपाध्यक्ष नारायण मरासिनी, गंगा खड्का, सचिवमा रामकृष्ण कंडेल, सहसचिवमा अजय खड्का, अर्जुन भण्डारी, कोषाध्यक्ष सूर्य सुनार निर्वाचित भएका हुन् । अधिबेशनबाट जिल्ला सदस्यमा अम्बिका आचार्य, अमृता गाहा मगर, दर्गा बिश्वकर्मा, चिरञ्जीवी ज्ञवाली, सज्जन ढकाल, अमर पन्थ, इश्वरी बस्याल, कृष्ण भट्टराई, रामकृष्ण कंडेल, कालिदास आत्रेय, बिक्रम खत्री र तारा कंडेल चयन भएका छन् ।
अधिवेशनको अवसरमा नेकपा एमाले गुल्मीका नव निर्वाचित अध्यक्ष बालसिंह काउछा, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य नवराज भुसाल, प्रदेश अध्यक्ष शोभाखर पन्थी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लोकप्रसाद छन्त्याल, कोषाध्यक्ष अमृता गाहा मगरलाई सम्मान गरिएको थियो ।
अधिवेशनको अवसरमा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछा, चौतारी नेपाल केन्द्रिय सदस्य नवराज भुसाल, प्रदेश अध्यक्ष शोभाखर पन्थी, पूर्व केन्द्रिय सदस्य गगशिला खड्का, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले शुभकामना राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend