गुल्मी, पौष २७ ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायकाे पार्टी भएको बताएका छन् । मंगलबार जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा “गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टाेल” भन्ने मुख्य नारा सहित गुल्मी काङ्ग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काङ्ग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका हुन् ।
‘अहिले हाम्रो समाजमा दलितकाे श्रम, सीप र रगत चल्छ ।’ प्रमुख अतिथि जिल्ला सभापति पन्थीले भनेर “पानी नचल्ने अपराध गर्न कसैलाई छुट छैन ।’ फरक प्रसङ्गमा सभापति पन्थीले पटक-पटक मन्त्री बन्दा एउटा खाेलामा पुल बनाउन नसक्नेकाे गफ मात्र सुनाएको भन्दै उनले गफ र प्रलाेभनमा नपर्न आग्रह गरे । उनले आफ्नो पहलमा तम्घास सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेको बताए ।
अभियानको शुभाराम्भ कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ‘ख’ का सभापति रेखा कुमार जिसीले मालिका गाउँपालिका पूर्ण रुपमा असफल भएको बताए । चुनाबमुखी याेजना र बजेटको भ्रममा नपर्न जिसीले आग्रह गर्दै सभापति जिसीले अहिले निर्वाचित जनप्रतिनिधिहरुले ४ वर्षसम्म मनपरी गरी दास बनाएर अहिले प्रलाेभनमा पार्न थालेको भन्दै त्यसको अन्त्य गर्न सबैलाई आग्रह गरे । त्यस्तै मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले कम्युनिस्टहरुले भाेट किनेर चुनाब जितेकाे आराेप लगाए । उनले स्थानीय तहकाे निर्वाचन नजिक आएको कारणले विभिन्न प्रलाेभन देखाएर कम्युनिस्टहरुले दास बनाएकोले त्यसबाट उम्किन आवश्यक रहेको बताए ।