logo
  • आइतबार, असोज ११ २०८३

बिद्यालय बिकास योजना तथा वार्षिक कार्यशाला गोष्ठी सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई,गुल्मी पुष २६ ।

युनाईटेड वर्ल्ड स्कुल्स नेपालको आयोजना मा प्रधानाध्यापक स्तरीय तालिम तथा बिद्यालय बिकास योजना वार्षिक कार्यशाला गोष्ठी गुल्मिको तम्घास स्थित होटल मझेरिको हलमा सम्पन्न भएको छ ।नेपालको संखुवासभा बाट आफ्नो कार्यक्रम सुरुवात गरेको संस्थाले गुल्मी जिल्लाका विभिन्न दुर दराजमा बिद्यालय भवन निर्माण गरि बिद्यार्थि र बिद्यालयलाई आवश्यक आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ । यस्का साथै तालिम प्राप्त फेलो शिक्षक तथा सामुदायिक शिक्षकको ब्यबस्था गरि गुणस्तरीय र ब्यबहारिक शिक्षा प्रबन्ध गर्दै आइरहेको छ । प्रधानाध्यापक स्तरीय तालिम तथा वार्षिक कार्यशाला गोष्ठीमा UWS नेपालका शिक्षा निर्देशक अभिनास झा तथा UWS नेपाल गुल्मी एजुकेसन अफिसर अनुज सिग्देलले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा गुल्मी जिल्लाका विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि गरि १४ जनाको सहभागिता रहेको UWS नेपाल स्कुल मोबिलाइजर मिना बोहोरा सिंजालिले जानकारी दिनुभयो । तालिममा सहभागी प्रधानाध्यापकहरुले बिद्यालयमा शिक्षकको लागि तालिमको ब्यबस्था,सिकाइ उपलब्धी वृद्धि को ठोस कार्ययोजना ,बिद्यार्थिहरुमा अनुशासन कायम गरि नैतिकवान बनाउने मनोबैज्ञानिक तरिका लगाएत दशवटा कुराको संस्थाबाट अपेक्षा गरिएको बताएका थिए । संस्थासङ्ग सहकार्यमा आवद्ध भएका बिद्यालयहरुमा गुणस्तर सुधारको सकारात्मक अपेक्षा सहित कार्यक्रमको आयोजना गरिएको संस्थाका डाइरेक्टर अभिनास झा ले जानकारी दिनुभयो ।

आफ्नो संस्थासङ्ग आवद्ध बिद्यालयमा UWS नेपालले बिदेशी डोनर तथा शिक्षाविद सङ्गै प्रत्यक्ष अनुगमन निरिक्षण गरि बिद्यालयको गुणस्तर सुधारमा सहयोग गर्दै आइरहेको UWS नेपाल गुल्मीका एजुकेसन अफिसर अनुज सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend