साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी पुष २५ ।
राष्ट्रिय सभा निर्वाचनका उमेदवार कृष्ण सुनारले बिजयी बनाउन सबै मतदातालाई अपिल गरेका छन । तम्घासमा पत्रकार भेटघाट मार्फत सुनारले दलित समुदायको मुद्दालाई स्थापित गराउने र नागरिकको जनजिबिकाको स्थितिमा सुधार ल्याउनका लागि सहयोग गर्न मतदातालाई अपिल गरे ।
उनले गठबन्धनका कारण परिणाममा जोखिम देख्दा पनि पार्टीको बिश्वास र मतदाताको सहयोग सम्झेर उम्मेद्बारी दिएको बताए । उनले अहिलेको स्थितिमा केही मत कम भएपनी मतदाताको माया र बिश्वासले बिजयी हुने दाबी गरे । आफुलाइ मतदान गर्न लुम्बिनी प्रदेशका प्रदेश सभाका सदस्य, समन्वय समितीका प्रमुख/उपप्रमुख र पालिकाका प्रमुख/उपप्रमुखलाई आग्रह गरे ।
व्यत्तिगत जीवन सधै राजनीति र समाजसेवामा समर्पित गरेको अवस्थामा जातिय हिसाबले दलित र जातीय छुवाछूतको न्यूनीकरण र नागरिक भएर बाच्ने अवस्था शृजना गर्न आग्रह आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सुनारले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend