logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी एमालेको अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पुष २४ ।
नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ ।

अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनय दर्ता गरेका छन् । भने  उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्रा आचार्य र केशब बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए ।

अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरु सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिए । उपाध्यक्ष र उपसचिवसहित केहि सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताए ।

११ औ जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधी रहेका छन् । प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् ।

मौसम प्रतिकुल र नेतृत्व सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधी घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend