logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा (एमाले) गुल्मीको ११ औं जिल्ला अबिधेशनको सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी पुष २३ ।

नेकपा (एमाले) गुल्मीको ११ औं जिल्ला अबिधेशनको सुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको अबिधेशनको नेकपा एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले गरेका हुन् । अबिधेशनको उद्घाटन गर्दै बिष्टले नेपालको कम्युनिष्ट आन्दोललाई टुक्राउन देस बिदेशका शक्ती लागि परेको बताए । उनले पार्टी चुनौती पनि मोडमा रहेकाले आधारभूत तहबाटै एकताबद्ध भएर नेकपा एमालेलाई बिजयी बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे । बर्तमान गठबन्धनको सरकारले आर्थिक वर्षको ५ महिना वितिसक्दा पनि मात्र ७ प्रतिशत विकास बजेट खर्च गर्ने सरकारको कुनै आश गर्नु बेकार रहेको बताए । सरकार विस्तार गर्नको लागि झण्डै १ सय दिन लगाएको प्रसङ्ग जोड्दै बिष्टले कांग्रेस सरकारमा हुनु र यो देशमा सरकार नहुनु बराबर रहेको टिप्पणी गरे । अधिबेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने भएका छन् ।अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।
जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् । जिल्ला अबिधेशनमा सहमतिबाटै नेतृत्व टुङ्गो लगाउने प्रयास थालिएको छ । जसका लागि बर्तमान उपाध्यक्ष बालसिंहकाउछा अध्यक्ष बन्ने पक्का पक्की बनेको छ । भने अन्य पदमा भने सहमतीको प्रयास गरिने नेताहरुको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend