logo
  • आइतबार, असोज ११ २०८३

अनेरास्ववियु (क्रान्तिकारी ) मुसिकोट द्वारा रेड्क्रस भवनको सरसफाइ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई,गुल्मी पुष २३ ।

अनेरास्ववियु (क्रान्तिकारी ) मुसिकोट नगर कमिटिको आयोजनामा नेपाल रेडक्रस सोसाइटी बडागांउ उपशाखाको भवन वरिपरिको क्षेत्रमा सरसफाइ गरिएको छ । २०७८ पुष १७ मा सम्पन्न भएको अनेरास्ववियु (क्रान्तिकारी )मुसिकोटको नगर सम्मेलन समेत सोही ठाउँमा गरिएको र अहिले सम्मेलनको बेलामा भएको फोहोरमैला सहित भवन वरिपरिको क्षेत्रमा गोडमेल सहित सरसफाइ गरिएको अनेरास्ववियु (क्रान्तिकारी ) मुसिकोट नगर कमिटी सचीव अमित पाण्डेले जानकारी दिएका छ्न । उक्त सरसफाइ कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा अन्य सार्वजनिक स्थल सरसफाइलाई अभियानको रुपमा संचालन गरिने पनि पाण्डेले जानकारी दिएका छ्न।नेपाल रेडक्रस सोसाइटी सार्वजनिक स्थल हुनाले यस्तो ठाउँमा सरसफाइ गरिनु महत्त्वपूर्ण पुण्य को काम भएको क्रान्तिकारी नगर कमिटिले जनाएको छ । अनेरास्ववियु (क्रान्तिकारी ) को नगर कमिटी गठन भएको छोटो समयमै देखाएको सक्रियताले समाजमा सकारात्मक प्रभाव पारेको र यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी बडागांउ उपशाखा सभापति गुप्त बहादुर कार्कीले क्रान्तिकारी नगर कमिटिलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend