logo
  • आइतबार, असोज ११ २०८३

रुद्रावती वहुमुखी क्याम्पस मुसिकोटमा अनेरास्ववियुको भेला सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कृष्ण भट्टराई, गुल्मी पुष १८ ।
रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका ७ वामी टक्सार गुल्मिमा अनेरास्ववियुको भेला सम्पन्न भएको छ । भेलाले सन्देश रायमाझीको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियु क्याम्पस कमिटिको गठन गरेको छ।
जस्को उपाध्यक्षमा सिमा कार्की र कृष्ण न्यौपाने, सचीवमा बिपिन नेपाली, सहसचिव महेन्द्र केसि, कोषाध्यक्षमा चेतना घिमिरे लगाएत सदस्यहरु रहेको अनेरास्ववियु गुल्मिले जनाएको छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य विमल छन्तेल, नगर कमिटी सचिवालय सदस्य रामकृष्ण कंडेल, युवासङ्घ नगर कमिटी सचीव सन्दिप खत्री लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सागर खत्रीको अध्यक्षता, नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

यस्तैगरि महेन्द्र आदर्श नमुना माबि वामिटक्सारमा सचिना रानाको अध्यक्षतामा १५१ सदस्यीय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन भएको छ । जस्को उपाध्यक्षमा सन्देश सापकोटा, सीता खत्री र स्मृति कार्की सचिवमा नारायण राना, बृहस्पति नेपाली, सह सचिवमा बिजय सापकोटा कोषाध्यक्ष रिजन परियार लगाएत सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend