logo
  • आइतबार, असोज ११ २०८३

सिटिजन लाईफ इन्स्युरेन्स बिजुवार शाखाद्वारा मृत्यु दावी रकम भुक्तानी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्युठान, पुष १८ ।
सिटिजन लाईफ इन्स्युरेन्स बिजुवार शाखाले सिटिजन सुरक्षा बिमा अन्तर्गत मृत्यु दावी भुक्तानी बापत रु ३१०,००० भुक्तानी गरेको छ । फुलबारी बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी बिजुवार शाखाको सम्झौता अनुसार प्युठान नगरपालिका वडा नम्बर-१, खैरा बस्ने मिना बस्नेतको २०७७ माघ १९ गतेका दिन बिमा शुल्क जम्मा रु १६२० भुक्तानी गरि रु ३००,००० को ऋणको बिमा भएको सहकारीका अध्यक्ष भिम बहादुर बस्नेतले बताउनुभयो ।
सहकारीका अध्यक्ष भिम बहादुर बस्नेतको उपस्थितिमा यसरी सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने यस सुरक्षा बिमा योजना बारे जितपुर एरियाका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले बताउनुभयो ।

सहकारीले राम्रो सहकार्य सिटिजन लाइफ इन्स्युरेन्स कम्पनि संग गरेकोमा सहकारीका सदस्यहरुले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा सिटिजन लाइफ इन्स्युरेन्स बिजुवार शाखा प्रबन्धक, सहकारीका व्यवस्थापक, सिटिजन लाईफका अभिकर्ताहरु र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको हातबाट बिमित मिना बस्नेतको हकवाला हर्क बहादुर बस्नेतलाई चेक हस्तान्तरण भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend