logo
  • आइतबार, असोज ११ २०८३

नवाैं राष्ट्रिय पाेशाक दिवस मनाइयाे


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं, पुस १७ ।
नवाैं राष्ट्रिय पाेशाक दिवस मनाइएकाे छ । राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालकाे आयाेजनामा नेपाल पर्यटन बाेर्डमा एक कार्यक्रमकाे आयाेजना गरी राष्ट्रिय पाेशाक दिवस मनाइएकाे हाे । राष्ट्रियताकाे पहिचानका लागि एउटै पाेशाक हुनुपर्छ भन्ने उदेश्यका साथ २०७० सालदेखि राष्ट्रिय पाेशाक दिवस मनाउन थालिएकाे हाे ।
उक्त समारोहमा विशिष्ट आमन्त्रीत डा. निर्मलमणी अधिकारी,कलाकारद्वय हरिवंश आचार्य- मदनकृष्ण श्रेष्ठ, साहित्यकार मोहन दुवाल, पत्रकार महासंघका अध्यक्ष्य बिपुल पोखरेल, प्रेम कैदी, डा. नरेन्द्र हमाल, डा. अमोद तामाङ्ग, पुर्व एसएसपी प्रल्हाद केशी, वरिष्ठ संगितकार/गायक शिला बहादुर मोक्तान- कुन्ती मोक्तान,काभ्रे सेवा समाजको अध्यक्ष नारायण महत क्षत्री, गायक शिशिर योगी, गायक रामहरी न्यौपाने, गायक अजय अधिकारी,युवराज आचार्य, गेली शेर्पा लगायतको आतिथ्यता भयो।

राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०७०सालमा काभ्रेबाट कार्यक्रमकाे सुरुवता गरिएकाे बताए । “सरकारले २०७० सालदेखि राष्ट्रिय पाेशाक हटेकाे थियाे । अहिले राष्ट्र राष्ट्रिय पाेशाक विहीन छ । नेपालकाे राष्ट्रिय पाेशाक चाहिन्छ भन्ने मागसहित पाेशाक दिवस मनाउन थालिएकाे हाे”, उनले भने । पुस १७ गते विदेशी नयाँ वर्ष मनाउने गरेकाले हामीले हाम्राे आफ्नै पहिचान छ भन्ने बुझाउनका लागि यहि मितिमा नै राष्ट्रिय पाेशाक दिवस मनाउन थालेकाे उनकाे भनाइ छ ।

शताब्दी पुरुष सत्यमाेहन जाेशीले राष्ट्रकाे जातिय पाेशाकलाई अपमान नगरिएकाे बताए । उनले नेपाली पहिचानका लागि राष्ट्रिय पाेशाक आवश्यक रहेकाे जनाए । “हामीले हाम्राे धराेहरलाई बचाउनका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । नत्र आयातित संस्कृति भित्रिन्छन् “, उनले भने ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमाेहन जाेशीलाई राष्ट्रिय धराेहर २०७८ द्वारा सम्मान गरिएकाे छ । उनलाई ११ हजार १०० नगदसहित सम्मान गरिएकाे हाे । यसैगरी, कार्यक्रममा पाेशाक दिवसमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने व्यक्तिहरुलाई समेत सम्मान पत्र र कदरपत्र प्रदान गरिएकाे छ ।

राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले ६३ जिल्ला सञ्जाल फैलिएकाे जानकारी दिए । उनले विदेशमा बसिरहेका नेपालीहरुले पनि राष्ट्रिय पाेशाक दिवस उत्तिकै महत्वका साथ मनाइरहेकाे बताए ।

सांस्कृतिक तथा पर्यटनमन्त्री प्रेम बहादुर आले राष्ट्रिय पाेशाककाे महत्व बुझाउँदै आवश्यक रहेकाे औंल्याए । उनले राष्ट्रिय पाेशाकलाई आधिकारिकता दिनका लागि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षाविद् विद्यानाथ काेइरालाले राष्ट्रिय पाेशाककाे अवधारणा पत्र प्रस्तुत गरेका थिए भने कर्णाली प्रदेश संयोजक कमल प्रसाद लामिछाने, लुम्बिनी प्रदेश संयोजक समीर वलीलाई कदर पत्र तथा गायक द्वय रामहरी न्यौपाने र शिशिर योगीलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend