logo
  • आइतबार, असोज ११ २०८३

अग्लुङ्गमा एम्बुलेन्स सेवा संचालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी पौष १७ ।

गुल्मी सदरमुकाम तम्घासबाट अत्यन्तै टाढाको दूरीमा पर्ने साविकको गाविस मध्य एक हो अग्लुङ्ग । हाल मदाने गाउँ पालिका वडा नम्बर ०१ मा यो पदर्छ । विगत देखि अहिले सम्म सो ठाउँमा स्थानीय बासिन्दाहरु बिरामी परेर अस्पताल लैजानुपर्ने भए स्टेचर वा चोयाले बुनेका डोका प्रयोग गरिदै आएको थियो । स्थानीय सरकार आएपछी अन्य गाउँ जस्तै अग्लुङ्ग पनि बिकासको हिसाबले सुगम बन्दै गएको छ ।अग्लुङ्ग बिकासले अत्यन्तै पिछडिएको मदाने गाउँपालिका वडा नम्बर ०१ पर्द्छ । जहाँ पहिले पर्ने रकम भन्दा स्थानीय सरकार बनेपछी पर्ने रकम आकाश पातालको फरक बनेको छ । यातायात,बिधुत,खानेपानी,स्वास्थ्यको अहिले कुनै वडामा अभाब देख्न पाइदैन । अभाब थियो नभएको होईन धेरै ठाउमा यतिबेला सबैको घरमा उज्यालो बत्ती ,आफ्नै ब्यक्तिगत प्रयोजनका लागि प्रयोग साधन ,प्रत्येक घर घरमा पानीका ट्यान्की ,प्रत्येक वडामा स्वास्थय चौकी लगाएतका सुबिधा प्रसस्त मात्रामा रहेको छ । समस्या क्रमश हल हुँदै छन सोही क्रममा शुक्रबार एक कार्यक्रमका बिच एम्बुलेन्स सेवाको उद्घाटन गरिएको छ ।

मदाने गाउँपालिकाको पहलमा पन्ध्र लाख बराबरको लागतमा गाउँ पालीका उपाध्यक्ष सरिता खड्काले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वडा अध्यक्ष प्रेम चन्द ,वडाका वडा सदस्यहरु ,विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेबी, बुद्धिजिबिको उपस्तिथि रहेको थियो । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष चन्दले अग्लुङ्गमा एम्बुलेन्स उदघाटनको क्रममा अग्लुङ्ग बासीमा खुशीयाली छाउदा मन छोएको बताउनु भयो । उहाँ भन्नू हुन्छ हामीले केही बर्ष अगाडि नै एम्बुलेन्स लिने योजना बनाएको थियौं तर एम्बुलेन्स आउन पनि मोटरबाटो चाहिदो रहेछ त्यसकारण ढिलो भयो ।

हामी ढिलै भएपनि महेन्द्र कम्पनीको एम्बुलेन्स ल्याएका छौ हामी लगाएत स्वास्थ्य चौकी दुबैलाई अबसर र चुनौती भएको गाउँ पालिका उपाध्यक्ष सरिताले चन्दले बताउनु भएको छ । अब यो अबसरलाई सहि ठाउमा प्रयोग गरेर अग्लुङ्ग्मा अब पहिले जस्तो बिरामी पर्दा कुनै चिन्ता नहुने वडा अध्यक्ष प्रेम चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend