logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमालेद्वारा मुसिकोटमा टोल कमिटी पुनर्गठन अभियानको शुभारम्भ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भट्टराई, गुल्मी पुष १७ ।
नेकपा एमाले मुसिकोट नगरपालिका वार्ड नम्बर २ गुल्मीले टोल कमिटी पुनर्गठन कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने भएको छ। मुसिकोट नगरपालिका वार्ड नम्बर २ अन्तर्गतको खस्थोक अमराइमा अभियानको उद्घाटन गरिएको वार्ड कमिटीले जनाएको छ ।
पार्टिलाइ टोल टोलबाट मजबुत बनाइ आगामी निर्वाचनमा सफल हुने रणनीतिका साथ पुनर्गठन कार्यक्रमको संचालन गरिएको वार्ड नम्बर २ का वार्ड कमिटी अध्यक्ष हरि बहादुर कुवरले जानकारी दिनुभयो । आजको कार्यक्रमबाट खस्थोक अमराइ टोलमा हरि ब बोहोराको अध्यक्षतामा ५१ सदस्यिय टोल कमिटिको पुनर्गठन गरिएको छ ।

जस्को उपाध्यक्षमा रामु नेपाली सचीव कमला बोहोरा उप सचिव बिष्णु बहादुर खड्का र कमला नेपाली लगाएत सदस्यहरु रहनु भएको छ।टोल कमिटिको इन्चार्ज बिष्णु बहादुर महतलाई दिइएको वडाकमिटिले जानकारी दिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले एमाले पार्टी दुखी, गरिव र श्रमजीवी नागरिकको पार्टी भएकोले देशैभरी एमालेको पक्षमा जनलहर उर्लिएको बताउनु भयो ।

जनताका हक हितलाइ बचाइ राख्न तथा खवरदारी कायम राख्न स्थानीय रुपबाटै बलियो गरि उठ्नको लागि पुनर्गठन अभियान सुभारम्भ गरिएको दोहोराउनु भयो । पुनर्गठन कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य राम कृष्ण कडेल, नेपाल राष्ट्रिय शिक्षक संघसंगठन मुसिकोट नगरपालिका उपाध्यक्ष बाबुराम घिमिरेले स्वागत तथा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।

नगर् कमिटी सदस्य ध्रुव पछाइ, शिव बहादुर नेपाली, महेन्द्र घिमिरे, कार्यपालिका सदस्य गोबिन्द नेपाली, वार्ड कमिटी सचिव टीका थापा, उपसचिव सावित्रा घिमिरे, जेष्ठ नागरिक हुत बहादुर बोहोरा, लाल बहादुर बोहोरा र हिम बहादुर महत, वार्ड कमिटी अध्यक्ष लक्ष्मण खत्री लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वार्ड कमिटी अध्यक्ष हरि बहादुर कुवरको अध्यक्षता नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता तथा महेन्द्र घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend