साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग पुष १६ ।
बडिगाड गाउँपालिकाको दशौं गाउँ सभा ग्वालीचौरमा सम्पन्न भएको छ। सभाले बडिगाड गाउँपालिकाको कला, भाषा संस्कृति संरक्षणको लागि भन्दै कला भाषा संस्कृति संरक्षण ऐन २०७८, स्वास्थ्य क्षेत्र व्यवस्थापनको लागि स्वास्थ्य व्यवस्थापन ऐन २०७८ र टोल विकास संस्था गठन तथा सञ्चालनको लागि टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि २०७८ पारित गरेको छ।
त्यस्तै चालु आर्थिक वर्षको वजेट संसोधन गरको छ। नवौं गाउँसभाबाट विनियोजन नभएको २ करोड ८८ लाख बजेट बाट नयाँ कार्यक्रम समेत बनाएको छ। सो अनुसार बडिगाड गाउँपालिका भित्रका १० वटै वडामा निर्माणाधिन वडा कार्यालयहरु सम्पन्न हुने गरि पर्याप्त बजेट विनियोजन गरेको सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ।
गाउँपालिकाले चालु वर्षमै गाउँपालिकाका प्रशासकिय भवन संगै सवै वडामा वडा कार्यालय निर्माण गरि सक्ने गरि तयारी गरेको हो। गाउँ सभामा पालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले संसोधन सहितको विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो।
विषयगत समितिका संयोजकहरु बोम बहादुर थापा, खड्क पुन तथा अर्जुन प्रसाद खरेलले पारित गरिएका ऐन तथा कार्यविधिका विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो।
सभा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीको सहजिकरणमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend