logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला स्तरीय मकै जोन संचालन समन्वय समिति गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, पुस १६ ।
मकै जोन सम्बन्धी जिल्ला स्तरिय जोन अभिमुखिकरण तथा मकै जोन सन्चालन समन्वय समिति गठन गरिएको छ । भेलाले शंकर प्रसाद पन्तको संयोजकत्वमा ९ सदस्य रहेको मकै जोन सन्चालन समन्वय समिति गठन गरिएको हो । सह-संयोजक यमुना घिमिरे, सचिव प्रेमनारायण पराजुली, सदस्यमा प्रतिमा के सि, बिष्णुकला थापा, प्रेम बहादुर थापा, मिन प्रसाद ज्ञवाली, जगरसिँह थापा र विष्णु कुमारी हमाल रहेका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीको आर्थिक बर्षव ०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत मकै जोन सम्बन्धी जिल्ला स्तरिय जोन अभिमुखिकरण गोष्ठी परियोजनाका प्रमुख श्रीकृष्ण न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मकै जोन (अनुसारण) सन्चालन समन्वय समिति, गुल्मीका संयोजक शेर बहादुर कुवर, कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश मरासिनी, मकै जोन लागु भएका वडाहरुका जनप्रतिनिधि, मकै जोन अन्तरगत सुचिकृत भएका कृषक समुह/सहकारी/निजि फर्महरुका प्रतिनिधि, मकै जोन लागु भएका वडाहरुमा कार्यरत स्थानिय तहका कृषि प्राविधिक लगाएत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend