logo
  • आइतबार, असोज ११ २०८३

बारा प्रहरीको मिलेमतोमा मदिरा भट्टी संचालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रंजित चौरसिया,बारा पुष १६ ।

बारा प्रहरीकै सहयोगका र मिलेमतोमा जिल्लामा मदिराभठ्ठी धमाधम संचालन हुन थालेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनीको मिलोमतोमा धमाधम मदिरा भठ्ठि सन्चालन हुनुको साथै सीमा नाकाहरूबाट व्यापक मात्रामा अबैध तरिकाले मालसमान आयात निर्यात हुन थालिएको हो ।इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादवले आफ्नो पावरको घुर्की देखाउदै सो क्षेत्रमा पर्ने विभिन्न ठाउहरूमा बन्द रहेको मदिरा भठ्ठि सन्चालन गराउनुको साथै सीमा नाकाबाट तस्करलाइ सलबलाउन सफल भएको बताइन्छ । अपराध अनुसन्धानको नाममा सादा पोशाकमा टोलि परिचालन गर्न मिल्ने भएपनी प्रहरी निरीक्षक यादवले आफ्नो फुलिको पावर देखाउदै सादा पोशाकमा टोलि परिचालन गरिएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाको छत्र छाया पाए पश्चात् प्रहरी निरीक्षक बिन्देश्वर यादवले निर्वाध रूपमा मदिरा भठ्ठि सन्चालन गर्नुको साथै सीमाबाट हुने अबैध मालसमाको स्कटिङ्गमा समेत सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरेको पाइन्छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक यादवले आर्थिक कारोबारको निम्ति सादा पोशाकमा प्रहरी परिचालन गरेका छन । उनले प्रहरी जवान प्रमोद पटेललाइ सादा पोशाकमा खटाउने र आर्थिक कलेक्सन गर्न लगाउने गरेको एक अडियो क्लिपबाट प्रमानित भएको छ । यता जिल्ला प्रहरी कार्यालय मातहात रहेका प्रहरी चौकिले गल्ती गरे जिल्ला प्रहरी प्रमुखले कारवाहीको दायरामा ल्याउने हो तर प्रहरी नायब उपरीक्षक राजेश थापाकै इशारा र छत्र छाया पाए पश्चात् निर्वाध रूपले तस्करीको कार्य फस्टाउनुको साथै मदिरा भठ्ठि सन्चालन भएको पाइन्छ । तसर्थ यस बिषयमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको साथै माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend