logo
  • आइतबार, असोज ११ २०८३

अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठक सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,कपिलवस्तु पुष १५ ।

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको दोस्रो सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ । बैठकले रिर्पाेटिङ्, मनोनित तथा जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार जिल्ला कमिटिको सह–संयोजको जिम्मेवारी अन्जित खनाललाई प्रदान गरिएको छ भने सचिवको जिम्मेवारी रतन विकलाई प्रदान गर्ने निर्णय गरेको अनेरास्ववियु कपिलवस्तुका संयोजक दयाराम पौडेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले यहि पुस २३ र २४ गते देशैभर हुने नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत जिल्ला कमिटि कपिलवस्तुको अधिवेशनका लागि अनेरास्ववियुबाट ३ जना प्रतिनिधि छनौट गरेको छ । जिल्ला अधिवेशनको प्रतिनिधिमा अन्जित खनाल, रतन विक र अनिमा खरेललाई चयन गरिएको छ ।

बैठकले सदस्यता वितरण महा अभियान सञ्चालनमा सक्रिय भएर लाग्ने र संगठनलाई अझ बलियो बनाउने निर्णय समेत गरेको छ । त्यस्तै अनेरास्ववियुको जिल्ला सम्मेलन पौष महिना भित्रै गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै बैठकमा अनेरास्ववियुका लुम्बिनी प्रदेश ईन्चार्ज बिनोद भण्डारीका भाई मदन भण्डारीको सडक दुर्घट्नामा परि मृत्यु भएकोले १ मिनेट मौनधारण गरि उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज टुकलाल गैरेले संगठन विस्तामा सबै लाग्नुपर्ने बताए ।पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका गैरेले अब नेतृत्व गर्ने क्षमता विकास गर्दै अगाडि बढ्न सबैलाई निर्देशन दिए । अतिथि अनेरास्ववियु कपिलवस्तुका ईन्चार्ज लेखनाथ खनालले अनेरास्ववियु राजनितिक भविष्यको मार्ग रहेको बताए । त्यस्तै अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य बाबुराम अर्यालले बैठकले गरेका महत्वपुर्ण निर्णयहरु पालना गर्दै नयाँ जिम्मेवारी प्रदान गरेका पदाधिकारीहरुले सक्रिय भएर संगठनलाई अगाडि बढाउन आग्रह गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका अध्यक्ष अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलले संगठनले दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि पार्टीको निर्देशनमा रही काम गर्ने बताए । पौडेलले पार्टीको जिल्ला अधिवेशनमा अनेरास्ववियुको उल्लेखनीय भुमिका रहने भन्दै छलफलबाट निश्कर्षमा पुग्ने बताए । अनेरास्ववियु केन्द्रिय सदस्य ईन्दिरा पौडेलको आतिथ्यता तथा जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको बैठक हेमराज बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend