साझा नेटवर्क
किरण अधिकारी, गुल्मी पुष १४ ।
मौसम एकाएक बद्लिएर आज बिहान देखी देशैभर अविरल रुपमा वर्षा भएको छ, भने कतै हिमपात भएको छ । चिसो मौसम त्यसै माथी हिमपात र वर्षाका कारण देशैभर चिसो अत्याधिक बढेको छ भने जनजिवन निकै प्रभावित भएको छ । रुपन्देही जिल्ला देखी आसपासका जिल्लामा पनी बिहानदेखी पानी परीरहेको छ ।
बुटवल उपमहानगर पालीका भित्रका नागरीकको दैनिकी गर्नलाई निकै सास्ती पुर्याएको छ । लामो तथा छोटो दुरीका यातायातहरुलाई यात्रा गर्न कठीन भएको छ । सडक जिवन बिताउँने हरुको लागी चिसो कारण अत्याधिक समस्या भएको छ ।
निरन्तर वर्षाले बुटवलमा बसोबास गर्न केही स्थानिय हरुमा निकै ठुलो जलत्रास र आशंका बढाएकोे छ ।बुटवलको गोलपार्क देखी माथी जङ्गल आसपासका बस्तीका बासिन्दा हरुलाई र सिद्धबाबाबाट यात्रा गर्न यात्री र तिनाउँ नदी आसपास बसोबास गर्न बासीहरु सबैमा सचेत हुन उपमहानगर पालीकाले आग्रह गरेको छ।
वर्षाका कारण सिद्धबाबामा पहिरोको जोखीम बढेको छ, भने गोलपार्क माथीको बस्ती एकदमै जोखीम रहेको र यो वर्षको बर्खामा पहीरो गएर बस्तीका केही घर पुरेको स्थानिय हरुको भनाई छ ।
उता गुल्मीमा निरन्तर पानी परेको छ भने रेसुङ्गामा हिमपात समेत भएको छ, हिमपात संगै गुल्मी जिल्लामा यस वर्षकै अत्याधिक चिसो आज भएको र जिल्लाका सबै पालीकाहरुमा वर्षाले जनजिवनलाई जोखीम बनाएको गुल्मी जिल्लाले जनाएको छ ।
एकदमै महत्वपुर्ण काम बाहेक बाहीर निस्कीन र लामो दुरीको यात्रा नगर्न भन्दै जनहितको लागी सुचना समेत निकालेको जिल्ला पर्शासन कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend