साझा नेटवर्क
शिव सुवेदी, गुल्मी पुष १२ ।
शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएकी छिन । मन्त्री भएपछि दाेस्राे पटक गुल्मी आउन लागेकी झाक्रीले जिल्लाका केही महत्त्वपूर्ण याेजनाहरुकाे अनुगमन,पार्टी कार्यालय उद्घाटन,जिल्ला युवासघंकाे भेलासङै प्रतिनिधि सभा क्षेत्र नम्बर २ आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने कार्यक्रम रहेकाे जिल्ला पार्टी अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मन्त्री झाक्रीले जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रमहरुका साथै मदाने र धुर्काेट गाउँपालिका पार्टी भेलालाई समेत सम्वाेधन गर्ने कार्यक्रम रहेकाे बताए ।
मन्त्री झाक्रीकाे गुल्मी जिल्ला भ्रमण पुस १४ गतेदेखि १७ गतेसम्म तय भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्री गुल्मी आउने भएपछि जिल्लाका सवै पार्टी कमिटीहरु परिचालन भएको पार्टी जिल्ला ईन्चार्ज गणेश खनालले जानकारी दिए ।
जिल्ला भ्रमणमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाक्रीले रेसुङगा विमानस्थल थालेमालेकाे पनि अवलाेकन गर्ने भएकि छिन । निर्माणकार्यकाे अन्तिम चरणमा रहेकाे जिल्लाकै एक मात्र विमानस्थल स्थलको शहरी विकास मन्त्री झाक्रीले अवलोकन गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ ।
माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे पहलमा सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय मार्फत रेसुङगा विमानस्थल निर्माणका लागि आईतवार मात्रै १० कराेड रुपैया वजेटकाे व्यवस्था गरिएकाे समेत मन्त्रीकाे स्वकीय सचिवालयले जनाएको छ ।
साथै शहरी विकास मन्त्रालयवाट सदरमुकाम तम्घासवाट विमानस्थलसम्म पुग्ने सडक कालाेपत्रे गर्नका लागि वजेटकाे व्यवस्था मिलाएर टेन्डर प्रकृयामा रहेको वताईएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend